जनैपुर्णीमा पर्बलाई मध्यनजर राख्दै तराईका केहि जिल्लाको बन्द खुलेपछि त्यसक्षेत्रको जनजिवन केहि सहज भएको छ ।
विभिन्न माग राख्दै तराईमा सक्रिय राजनितिकदलहरुको बन्दका कारण मालो समय देखि तराईको जनजिवन प्रभावित भएको थियो । विभिन्न माग राख्दै आह्वान गरिएको तराईका २२ जिल्ला तथा पुर्वी तराईका केहि जिल्ला आज एक दिनका लागि खुलाईएको छ ।
आज दाङ, कैलाली, बाँके लगायतका पश्चिीमी तराईका अधिकाँश जिल्लामा बन्द खुलाईएको छ ।
जनैपुर्णीमाको अबसरमा बन्द खुलेपछि स्थानिय बजारमा मानिसहरुको चहलपहल पढेको छ । बिहानै जनैपुर्णीमाका लागि समान किन्न पसलहरुमा मानिसहरुको घुइँचो लागेको छ । लामो समयको बन्दका कारण स्थानिय बजारमा कालोबजारी बढ्न थालेपछि स्थानिय प्रशासनले निगरानी बढाएको जनाएको छ ।
आन्दोलनकारीले बन्द फिर्ता लिएपनि स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा भने अझै पनि कायमै छ ।
धनगढी नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञा आज पाँचौँ दिन पनि यथावत् रहेको छ ।
धनगढी नगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मको समयमा यथावत् रहेको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताउनुभयो ।
जिल्लाको टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटना लगत्तैबाट त्यहाँ अनिश्चितकालका लागि लगाइएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।
टिकापुरमा भएको घटनापछि तराईका अघिकाँस क्षेत्रलाई दङगाग्रस्त क्षेत्र घोषणा भएपछि सर्वसाधारण निर्वाधरुपमा हिडढुल गर्न सकिरहेका छैनन्, भने सर्वसाधरणमा अझै त्रास कायम रहेको छ ।
त्यसैगरी, थारु वाहेक अन्य पार्टी तथा समुहले गरेको बन्द भने फिर्ता भएको छैन । मधेशी मोर्चा लगायतले गरेको बन्दका कारण पुर्र्वीतराईका धेरै जिल्लाका बासिन्दाको दैनिकी निकै कष्ठकर भएको छ । लामो तथा छोटो दुरीका यातायातका साधन लामो समय देखि सञ्चालनमा नआउँदा कालोबजारी बढेको छ भने, मजदुरीगरी दैनिकी चलाउने सर्बसाधनरणको दैनिकी कष्ठकर भएको छ ।
धेरै जिल्लामा विद्यालय सञ्चालन नहुदा बालबालीकाको पढाईमा समस्या आएको छ ।