सपना कवर, रेडियो तहल्का सल्यान
जिल्ला कृषि विकास कार्यालय सल्यानले कृषकहरुलाई मध्येनजर गरी विभिन्न सुचनाहरु जारि गरेको छ । कार्यालयले भाद्र ८ गते तरकारी खेति, मौरिपालन, सिंचाई कार्यक्रम, युवालक्षित कृषी र सहकारी खेति स्किम सम्बन्धि विभिन्न ७ वटा सुचना जारि गरेको छ ।
कार्यालयले कृषि तथा खाद्य सुरक्षा आयोजना लागु भएका गाविसहरु घाँजरी, चाँदे, झिम्पे, कालिमाटी काल्चे, सिद्धेश्वरी, त्रिवेणी, काप्रेचौर, शिवरथ, ढाकाडाम र माझकाँडामा साना सिचाई निर्माण मर्मत आयोजना संचालन गर्नको लागि इच्छुक सहकारी र समूहलाई सम्पर्कको लागि अनुरोध गरेको छ ।
त्यस्तै जिल्लामा साना सिचाई विशेष कार्यक्रम अन्तरगत साना सिचाई तथा प्लाष्टिक पोखरी निर्माण आयोजना र सहकारी खेतिमा आधारित सिचाई स्किम संचालन गर्न इच्छुकलाई कृषि समूह र सहकारीलाई आवेदन दिन अनुरोध गरेको छ ।
-सीआईएन