नरी बडु, रेडियो सनशेर, बैतडी
सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीलाई बैतडी सदरमुकामका बासिन्दाले कारवाही गरिनुपर्ने माग गरेका छन् । आज स्थानीय ब्यापारी, राजनीतिक दल लगायतको समूहले सेवाग्राही र ब्यापारीबाट अनावश्यक रकम असुल्ने गरेको भन्दै कारवाहीको माग गरेका हुन । उनीहरुले प्रशासन समक्ष सार्वजनिक माफी मागेर सरुवा गरिनुपर्ने माग गरेका हुन ।
हिजो एक गैरसरकारी संस्था नबीकरण गर्दा ५ सय दस्तुर लाग्ने ठाउमा ४ हजार ५ सय घुस लिन लगाएका थिए । बेलाबेलामा ब्यापारीलाई तर्साएर रकम नदिए दुःख दिएर पदीय मर्यादा र जिम्मेवारी विपरित काम गरेको स्थानीयको आरोप छ ।
स्थानीयले तत्काल कारवाही नगरे संघर्ष गर्ने चेतावनी दिएका छन् । रकम नदिए संस्थाको बारेमा छानबिन गरिने भन्दै ५ हजार मागेका थिए ।
– सीआईएन