८ भदौ, रुकुम । सिंगो रुकुमलाई प्रदेश नम्बर ५ मा राख्न माग गर्दै बिगत १७ दिनदेखि आन्दोलनमा उत्रिएको एकीकृत रुकुम संघर्ष समितिले मंगलबारदेखि बन्द फिर्ता लिएको छ ।
नागरिकको दैनिक जिवनयापनलाई सहज बनाउन भन्दै बन्द फिर्ता लिइएको हो । बन्द फिर्ता भएपछि जनजीवन सामान्य बन्दै गएको छ । शैक्षिक संस्था, उद्योग कलकारखाना तथा यातायातका साधन सुचारु भएका छन् ।
तर, जनप्रदर्शन जारी रहेको संघर्ष समितिले जनाएको छ । प्रशर्दनकारीले मंगलबार बिहानैदेखि बिभिन्न बजार तथा चोक-चोक प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शन जारी रहेपछि स्थानीय प्रशासनले सदरमुकाम मुसीकोट खलंगामा निषेधाज्ञा कायमै राखेको छ ।
माग सम्वोधन गर्न सरकारलाई दिएको ४८ घण्टे अल्टिमेटम सकिएपछि संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
स्रोत : अनलाइन खबर