भाद्र ७, २०७२- एक महिनाअघि भएको चेतन मानन्धरको हत्या आरोपी रिजल भनिने योग ढकाल आज अदालतमा उपस्थित भएका छन् । करिब एक महिना अघि सुर्खेत रोडमा खुँडा प्रहार गरी मानन्धरको हत्या भएको थियो ।
अदालतले यसअघि नै हत्यामा संलग्न भनिएका ११ जनालाई पुर्पक्षको लागि थुनामा पठाइसकेको छ । प्रहरीेले मुख्य अभियुक्त भनी मुद्दा दायर गरेको ढकालसहित अन्य तीन जना फरार थिए । ढकाललाई पक्राउ गर्न अदालतले यसअघि नै आदेश दिइसकेको थियो ।
लेनदेन विवादमा ढकाल समूहले मानन्धरको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।