भाद्र ७, २०७२- कैलालीको टीकापुरमा थरुहट पक्षधर र प्रहरीबीच भएको भिडन्तमा प्रहरी एसएसपीसहित ६ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका डिअाइजी हेमन्त पालका अनुसार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने र दुईजना इन्सपेक्टर केशव बाेहरा र बलराम बिष्टसहित एक हवल्दार एक सिपाहीको मृत्यु भएको छ । एक हवल्दार सहित सशस्त्र प्रहरीका ३ पनि मृत्यु भएको छ । यस्तै प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ ।
प्रशासनले जारी गरेको निशेधित क्षेत्र तोडेर सभा गर्न खोजेका थरुहट कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको थियो । भीडन्त टिकापुर र दुर्गाैली क्षेत्रमा भएको हो । तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि कैयाै हताहत भएको बताएका छन् । प्रदर्शनकारी तर्फ ३ जना सिकिस्त भएको र अन्यलाई पनि अस्पताल पुर्याइएको छ ।
यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्दैछ ।
स्रोत : कान्तिपुर