बाँके, १ साउन । सामान्य विवादमा एसिड छर्कने कोलहपुर नगरपालिका–११ साझा चोकमा कृष्ण सुनचाँदी पसल गरी बस्ने ३० बर्षीय सुरज विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माले सोही ठाउँमा सुनचाँदीका गहना बनाउने काम गर्ने नवलपरासी बर्दघाटका धिरज गोतामेलाई सामान्य विवादमा सुन सफा गर्ने एसिड छर्कीदा घाइते भएका थिए । गोतामेलाई थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।