WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
दाङलाई राजधानी हुन नदिने षडयन्त्र हुन थालेको भन्दै दंगालीहरू सिमसिमे पानीमा समेत छाता ओडेर प्रदर्शनमा उत्रिएका छन्।
आइतवार बिहान घोराहीमा प्रादेशकिक राजधानी सरोकार समितिको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले पानीको झरीमै छाता ओडेर खबरदारी गरेका हुन्।
त्यसक्रममा उनीहरुले ‘अखण्ड मध्यपश्चिम चाहिँदैन, राप्ति टुक्र्याउन पाइँदैन, षडयन्त्रकारी होसियार,दाङलाई प्रादेशिक राजधानी घोषणा गर’ जस्ता नारा लगाएका थिए।
सुर्खेत,पाल्पा, बुटवलका केही नेताहरुले दाङलाई प्रादेशिक राजधानी हुन नदिन षडयन्त्र गर्न थालेको खबर पाएका दंगाली आज बिहानै पानीको झरी बीचपनि त्यसविरुद्ध खबरदारी गर्न सडकमा उत्रिएका थिए।
– सेतोपाटी