दीपक बुढा÷अनलाइनसुर्खेत डट कम
सुर्खेत, २७ साउन ।
सरकारले अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेतलाई घोषणा नगरेसम्म शव नबुझ्ने आफ्न्तले बताएका छन् । अखण्ड मध्यपश्चिमको माग राख्दै आन्दोलनका क्रममा मृत्यु भएका वीरेन्द्रनगर—३ का टीकाराम गौतमका आफ्न्तहरुले सरकारले आन्दोलनका माग पुरा गरेपछि मात्र शव बुझ्ने बताएका हुन ।
आन्दोलन व्यक्तिगत फाइदाको लागि नभई राज्य प्राप्त गर्नका लागि भएकोले राज्य प्राप्त नभएसम्म शव नबुझ्ने मृतकका भाई कृष्ण गौतमले बताए ।
उनले अखण्ड मध्यपश्चिम हुनुपर्ने र त्यसको राजधानी सुर्खेत हुने सरकारले घोषणा गरेमात्र दाईको शव बुझेर दाह संस्कार गर्ने बताए । उनले भने ‘जनताले सडकमा उठाएको माग सरकारले सम्बोधन गरोस अनि मात्र हामी शव उठाउँछौ ।’ मृतक गौतमका आफ्न्तले आन्दोलनका क्रममा ज्यान गुमाएका ३ जनालाई शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति सहित परिवारको भरण पोषणको जिम्मा राज्यले लिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने र घटनाको निस्पक्ष छानविन गरी दोषिमाथी कारवाही गर्नुपर्ने मागपनि अघि सारेका छन् ।
मृतक टीकारामका छोरा अमृत गौतमले सरकारी कार्यालयको सुरक्षा नगर्ने प्रहरी—प्रशासनले एक जना व्यक्तिको घर सुरक्षाको नाममा बुवाको ज्यान लिएको बताए । उनले भने ‘प्रहरीले गोली हान्नुपर्ने अवस्था थिएन । कफ्र्यू लाग्नुभन्दा अगाडीनै बुवाको छातीमा ताकेर गोली हानियो । डिआइजी आफैले गोली हानेका छन् ।’ उनले थपे ‘छातीमै ताकेर हानेको गोलीले बुवा ढलेपछि म उठाउन खोज्दै थिएँ । पछाडीबाट अर्को प्रहरीले लाठ्ठी र बुटले हान्यो ।’
घटनाका दोषि डिआइजी अधिकारीलाई कारवाही गर्नुपर्ने उनले माग राखे । मृतक टीकारामका श्रीमति दुर्गादेवी गौतमले आफ्नो श्रीमान्को कुनै दोष नभएको बताईन । उनले भनिन ‘मेरा श्रीमान्लाई ताकेर छातिमा किन गोली हानियो ? प्रहरीको ज्यादती बढी भयो ।’ ‘श्रीमान्को भरमा जिवन निर्वाह गर्दै आएका थियौं । अब कसले हामीलाई साहारा दिन्छ । अब हाम्रो सम्पूर्ण भरणपोषणको व्यवस्था सरकारले गर्नुपर्छ ।’
पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको घर अगाडी भैरहेको प्रदर्शनका क्रममा वीरेन्द्रनगर—३ निवासी टीकाराम गौतममाथी गोली प्रहार गरिएको थियो । घटना स्थलमा पुगेका डिआइजी केशव अधिकारीले भिडलाई नियन्त्रणमा लिन आफै नेतृत्व गरेका थिए । जिल्ला प्रशासन कार्यालय सहित आधा दर्जनबढी सरकारी कार्यालयमा तोडफोड हुँदासम्म सिडिओ बलदेव गौतमले गोली चलाउन आदेश दिएका थिएनन ।
डिआइजी अधिकारीले नेतृत्व गरेको भिड नियन्त्रण गर्ने नाममा घटना स्थलबाटै सिडिओ गौतमलाई फोन गरेर गोली चलाउन आदेश मागेका थिए । घटना स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक राजेशलाल कर्णलाई अपशव्द प्रयोग गर्दै गोली ठोक्न कडा निर्देशन दिईरहेका थिए । उनको आदेशपछि दिउँसो १२ः३० बजे प्रहरीले प्रदर्शनकारीमाथी अन्धधुन्द गोली प्रहार गरेको थियो । छाती र टाउकोमा गोली लागेका गौतमको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिए । उनको मृत्युपछि स्थानीय प्रशासयनले दिउँसो १ बजदेखि साँझ ९ बजेसम्म कफ्र्यु जारी गरेको थियो ।
साँझ ५ बजे धमला चोक नजिकै भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर—८ का यामबहादुर विसीको ज्यान गएको थियो भने अर्का प्रदर्शनकारी वीरेन्द्रनगर—४ का गोपालसिंह रजवारको भागदौडका क्रममा मृत्यु भएको थियो । मृतक ३ जनाको शव क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । शव दाहसंस्कारका लागि स्थानीय प्रशासनले कुनै समन्वय, सम्पर्क नगरेको आफ्न्तले गुनासो गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले शवको पोष्टमाटम गरी आफ्न्तहरुलाई हस्तान्तरण गर्न सहयोग गरिदिन राजनीतिक दल, नागरिक समाजलाई आग्रह गरेका छन् । मृतकका आफ्न्तले भने शवका बारेमा कुरा गर्न जाँदा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक गैरजिम्मेवारीपूर्ण प्रस्तुत भएका थिए ।
यसैवीच आन्दोलनकारी र प्रहरी—प्रशासनवीच समन्वय गरी आन्दोलनलाई शान्तिपूर्ण बनाउन मध्यस्थता गर्न कार्यालयमा बोलाएर प्राध्यापक, बुद्धिजिवि लगायत पेशाकर्मीहरुलाई अपमानित गरेर फर्काएको सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक बलभद्र भारतीले जानकारी दिए ।
कफ्र्यू तोडेर जनता सडकमा, १५ प्रदर्शनकारी पक्राउ
आज विहान दलहरुको विरोध ¥याली निकाल्दै
अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलनले उग्ररुप लिदै गएको छ । ४ दिनदेखी स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले कफ्र्युको समेत प्रवाह नगरी वीरेन्द्रनगरमा विरोध प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा बुधबार १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शन हुन नदिन जिल्ला प्रशासन कार्यालयले बुधबार विहान ११ बजेदेखी बेलुका ६ बजेसम्म कफ्र्यू आदेश जारी ग¥यो । तर प्रदर्शनकारीले विहानैदेखी प्रदर्शन जारी राखेका थिए । ईत्राम पुलदेखी, मंगलगढी र यरी चोकसम्मको सडकमा हजारौं संख्यामा प्रदर्शनकारीले कफ्र्यूको मतलव नगरेर सडकमा निस्के ।
कर्णाली राजमार्गको मंगलगढीदखी यारीचौक, वीरेन्द्र चौक, नेता चौक, वुद्धपथमा टायर जलाएर प्रशासनलाई चुनौती दिए । मंगलगढी चौकबाट निस्केको ¥यालीले अखण्ड मध्यपश्चिमको माग गर्दै बजार परिक्रमा गरेको थियो । यसक्रममा आईएनएफ नजिकै सशस्त्र प्रहरीले शान्तिपूर्ण अगाडी बढेका आन्दोलनकारी माथि ३ सेल अँर्सुग्याँस हानेको थियो । यद्यपी एक जना नाम थर नखुलेका व्यक्ति घाईते भएका छन् । मंगलगढीमा शान्तिपूर्ण प्रदर्शनमा उत्रेका आन्दोलनकारीलाई नेपालगञ्जबाट आएको दंगा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर ढुंगामुढा हाना हान भयो । निरङ्कुश शैलीमा आक्रामक बनेको प्रहरीले एरी चोकसम्म आन्दोलनकारीलाई लखेट्यो ।
दंगा प्रहरीले आन्दोलन तुहाउने अनेक उपाय गर्दापनि अन्तत असफल भएर फर्कियो । प्रहरीले आन्दोलनमा सहभागी नभएका नागरिकहरुलाई अनाहकमा लाठी हान्यो । प्रहरीको कुटाइबाट वीरेन्द्रनगर–१८ का लोकबहादुर विसी घाईते भएको आफन्तले बताएका छन् ।
अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनु पर्ने, आन्दोलनको क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्नुपर्ने, घाईतेलाई निःशुल्क उपचार लगायतका माग राख्दै टायर बालेर दिनभरी प्रदर्शन जारी रह्यो ।
आन्दोलनको क्रममा प्रशासन र प्रहरीबाट भएको ज्यादतीको तत्काल छानविन गरेर दोषीमाथि कारवाहीको माग समेत आन्दोनकारीको छ । उनीहरुले माग पुरा नभएसम्म कुनैपनि हालतमा आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । स्वातस्फूर्त रुपमा सडकमा आन्दोलन गरिरहेका प्रदर्शनकारीले राजनीतिक दल र सुर्खेतबाट प्रतिनीधित्व गर्ने सभासद्हरुले जनताले धोका दिएको भन्दै चर्को नाराबाजी गरिरहेका छन् । प्रदर्शकारीले कफ्र्यु लागेको क्षेत्रभित्र नै दिनभरी प्रदर्शन गरेपछि स्थानीय प्रशासनलाई चुनौती दिइरहेका छन् ।
नेपालगञ्जबाट ५ सयबढी सशस्त्र र नेपाल प्रहरी ल्याएपनि आन्दोलनकारीलाई नियन्त्रणमा लिन हम्मे हम्मे भयो । यसैविच, जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय वैठकले मृतकलाई शहिद घोषणा गर्ने, आफन्तलाई १० लाख क्षतिपूर्ती दिने, घाइतेको निःशुल्क उपचार गर्ने र घटनाको छानविन गर्न आयोग गठनको लागि केन्द्रसँग माग गर्ने निर्णय गरेको छ । दिउँसो ३ बजे राजनीतिक दलहरुले आफ्नो पार्टी कार्यालयबाट झण्डा सहित साझा जुलुस निकाल्ने तयारी गरेपनि स्थानीय प्रशासनले कफ्र्यू लगाएपछि बिहीबार कार्यक्रम गर्ने भएका छन् ।
आज (विहिबार) विहान ८ः०० बजे जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलको पार्टी कार्यालयबाट विरोध ¥याली निकाल्ने तयारी गरिएको छ । नेपाली काँगे्रस, नेकपा एमाले, एमाओवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा सहितका राजनीतिक दलहरुले आ—आफ्नो पार्टी कार्यालयबाट विरोध ¥याली निकाल्ने तयारी गरेको जनाइएको छ । ¥याली मंगलगढीहुँदै बजारपरिक्रमा गर्ने तयारी गरिएको जनाइएको छ ।