साउन ९, स्पेनिस क्लब रियल मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कप फुटबल प्रतियोगितामा माम्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।
शुक्रबार मेलबर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा रियल मड्रिडले सिटीमाथि ४-१ को जित हात पारेको हो । सिटीका लागि डेब्यू गरेका मिडफिल्डर फेबियन डेल्फले चोटका कारण १८ औं मिनेटमा नै मैदान छाडे ।
करिम बेन्जिमा, क्रिष्टियानो रोनाल्डो र पेपेले गोल गर्दै रियललाई अग्रता दिलाए । सिटीका याया टोरेले पहिलो हाफको अन्तिममा पेनाल्टीमा गोल गरे ।
त्यसपछि ७३ औं मिनेटमा डेनिस चेरीशेवले गोल गर्दै रियल मड्रिडलाई ४–१ को जित दिलाए । खेलमा रोनाल्डोले एक गोल मात्रै हानेका थिए । रोनाल्डोले सुरुमै गोल हानेर अन्य खेलाडीलाई प्रेरणा दिई जित आफ्नो पक्षमा पारेका हुन् ।