WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_5.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपालगन्ज : प्रदर्शनरत चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङ आज शनिबार नेपालगन्ज आउने भएका छन् । शुक्रबारबाट नेपालगन्जको बागेश्वरी क्युएफएक्समा ‘प्रेमगीत ३’ लाई दर्शकको अत्याधिक साथ मिलिरहेको छ।
आज शनिबार पनि चलचित्रले नेपालगन्जमा ९ शो पाएको छ। दिइएका ९ शो’नै हाउसफुल भएका छन् । त्यसैले, दर्शकसंग साक्षात्कार गर्नको लागि ‘प्रेमगीत ३’को टिम नेपालगन्ज आउन लागेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए।
प्रदीप र क्रिष्टिनाका अलावा चलचित्रका निर्माता एवम् निर्देशक सन्तोष सेन लगायत समेत नेपालगन्ज आउने बताइएको छ। चलचित्रको टिमले नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरी भिजिट गर्नेछ। साथै, दर्शकसंग भेटघाट समेत गर्नेछ। चलचित्र हेर्ने दर्शकको संख्या नेपालगन्जमा अधिक छ।