WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_12fef7_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_12fef7_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति निवास शितल निवासमा सोमबार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ लिनेहरूमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रीको रूपमा शपथ लिएका हुन्।
मन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह छन्। मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।