WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
-भीम उचै ठकुरी, बर्दिया
ठकुरी सेवा समाजकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष शकुन्तला शाहीले नेपाल भरीकै ठकुरीहरु एकजुट हुनुपर्ने आवाश्यकता रहेको बताउनुभएको छ ।
ठकुरी सेवा समाज बर्दियाको ९ औं स्थापना दिवस तथा पाँचौ जिल्ला सम्मेलन र नयाँ बर्षको शुभकामना बिशेष गुलरियामा आयोजित कार्यक्रममा सो कुरा उहाँले औल्याउनुभएको हो ।
विभिन्न पार्टी, विचारमा आस्थावान नेपालभरीका ठकुरी वंशजहरुलाई शुभकामना दिदै शाहीले ठकुरीहरुको साझा समाज अहिले नेपालको ५८ जिल्लामा विस्तार गरिसकेको जानकारी दिनुभयो ।
सो कार्यक्रमकी प्रमुख अतिथि तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष शाहीले पाहाड, तराई, हिमाल सबै क्षेत्रमा बसोबास गर्ने ठकुरी वंशजहरुलाई एक रहन आवाह्न गर्दै देशभक्ती राष्ट्रियता, इमानदारिताका साथ ठकुरीहरु देशको सेवाभाव पुर्ण रुपमा इतिहासमा जस्तै योगदान गर्न सधै तत्पर रहेको बताउनुभयो ।
समाजका बर्दिया अध्यक्ष श्याम मल्लले नेपाल चार जात ३६ बर्णको साझा फुलबारी भएकाले सबै जातजाती प्रति ठकुरीहरुको समभाव सहयोग रहने अनलाइन नेपालगंजलाई बताउनुभयो ।
यो समाज बिशुद्ध ठकुरी वंशजहरुको हितको लागी र नेपालमा ठकुरीहरुको योगदान कायम राख्न समाजको स्थापना गरिएको बताउनुभयो । मल्लले नेपालका ठकुरीहरुले देशलाई सबैभन्दा माथी राखेर इमानदारिताका साथ सेवा गरी रहने जानकारी दिनुभयो ।