WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौंः नेपाली कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनका अनुसार सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने छ। साथै कांग्रेसले सरकारका राम्रा काममा सघाउने निर्णय गरेको छ। कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनेदेखि आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा समेटिएको छ।
पहिलेदेखि जस्तै अहिले पनि नेतृत्वमा मधेशलाई समावेश गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रहितलाई ध्यान दिने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ। यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महासमिति बैठक सम्पूर्ण तयारी सकिएको बताएका छन्। उनले महासमिति बैठकमा एक करोड खर्च हुन सक्ने पूर्वानुमान गरेको छ।
‘अहिले अनुमानित खर्च मात्रै भन्न सकिएला। खास खर्च महासमिति बैठक सकिएपछि मात्रै भन्न सकिन्छ। खानपानदेखि सबै कुरामा करिब एक करोड बराबर खर्च हुने भन्ने हाम्रो अनुमान छ’, शर्माले भने। महासमिति बैठक सिंहदरबार अगाडिको योगाम्बर पार्टी प्यालेसमा हुने शर्माले जानकारी गराए। ‘पहिले पार्टी कार्यालयमै गर्ने कुरा थियो’, उनले भने, ‘अहिले स्थान सरिसक्यो। बाँकी कुरा सर्दैन।’