WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ सन २०१८ को इन्टेग्रिटी आइडल हुनुहुन्छ । प्रशासक जनताको सेवक हुनुपर्छ भन्ने मान्यता राख्ने वहाँलाई आइडल बिजेता बनाउन स्वःस्फूर्त रुपमा राष्ट्रिय, अन्र्तराष्ट्रिय तहबाट अनलाइन, एसएमएस भोटिङ क्याम्पेन नै गरेको देखीयो । सामाजिक संञ्जाल फेसबुक, ट्वीटर, ह्वाट्सएफ लगायतमा भोट माग्दै धेरै नेपालीले साथ दिए ।
बर्दियामा स्थानिय आम समुदाय सिडियो प्रति भावनात्मक भएको पाईयो । समाजमा सिडियो भन्ने बितिकै त्रसित हुने जनताको मनोविज्ञान अहिले आएर परिवर्तन भएको छ । उहाँ बर्दियाको सिडियो भएर आईसकेपछि जनता र सिडियो भावनात्मक रुपमा नजिक र हाम्रो असल प्रशासक भनी गर्व गर्ने मनोबिज्ञान देखियो । उहाँले सिडियो भई काम गरीसकेका थुप्रै जिल्लाहरुबाट नागरिकहरुले सहयोग गरेको देखियो ।
नेपाली समाजमा इमानदार ब्यक्तिहरुको खोजीहुने मनोबिज्ञान तयार भएको देखिएको छ । कुरुम्बाङले सिंहदरबारको अधिकार गाउँ–गाउँ सम्म पु¥याउन सम्पुर्ण रुपमा इमानदारिताका साथ काम गर्नुभएको छ । बर्दियाका ठगी गर्ने पन्ध्रभन्दा बढी सुन ब्यापारि, ठगी गर्ने पेट्रोल पम्प, म्याद गुज्रेको औषधी बेच्ने औषधी पसल, बाटो बनाउन ढिलासुस्ती गर्ने ठेकेदार, उपभोक्क्ता ठग्ने ब्यापारी, भन्सार छली गर्ने तस्कर, जुवाडे, गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग, दुई वटा पानी उद्योगमा सिलवन्दी लगायतका कारर्बाही गरीसक्नु भएको छ ।
एकिकृत घुम्ती शिवीर संञ्चालन गरी नागरिकता वितरण, भ्रष्ट्राचार न्युनिकरण, बिकास आयोजनाहरुको काममा ढिलाई गर्ने निर्माण ब्यवासायिलाई स्पष्टीकरण, मुस्कान सहितको गुणस्तरिय सेवा, सिमा सुरक्षा लगायत थुप्रै काम गरेकाले चारैतिर प्रसंशा भएको हो । प्रस्तुत छ यसै सन्र्दभमा सम्पादक भीम उचै ठकुरीले वहाँसँग गर्नुभएको कुराकानीमा आधारित अन्र्तवार्ता :-
-अनुवाद : प्रेम विश्वकर्मा
“राष्ट्रसेवक कर्मचारीहरु आम–जनताको सेवक हुनुपर्छ । जनता प्रति इमानदार र बफादार भएमात्रै यो राष्ट्र समृद्ध हुन्छ त्यसैले, हामीले इमानदारिताका साथ काम गर्नैपर्र्छ ।”
१. सिडियो साव यहाँलाई हार्दिक बधाई सहित स्वागत छ, अनि इन्टेग्रिटी आइडल नेपाल भईसकेपछि कस्तो महसुस गर्नुभएको छ ?
धन्यबाद तपाई लगायत सम्पुर्ण टिमलाई । बिशेषगरी खुसी सगैं थप जिम्मेवारी काँधमा आएको महसुस गरेको छु । अझै राम्रो काम गर्ने आत्मविश्वास पनि जागेको छ ।
२. अहिले नेपाल सरकारले सिंहदरबारको अधिकार गाउँ–गाउँ सम्म पु¥याउने भनेको छ, नेपालको कर्मचारीतन्त्रले कसरी काम गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई ?
मैले सिडियो भएर काम गरेको जिल्लामा प्रत्येक हप्ता जनतालाई, आमनागरिकलाई सेवा दिन घरदैलो अभियान चलाएको छु । जनतालाई दुःख नदिने गरी कर्मचारीहरुले काम गर्नुपर्छ । नागरिकहरुलाई घरमैं गएर सेवा दिने, सदरमुकाम टाढा भएकाहरुलाई नजिकै गएर सेवा दिने, जनताको खर्च कम भन्दाकम गराउने, हामी राष्ट्रसेवक कर्मचारी जनताका सेवक हौं भन्ने बुझाउने, नागरिक प्रति राज्यले विश्वास दिलाउने यसरी काम ग¥यो भने देशकै कायपलट हुन्छ ।
कर्मचारी इमानदार भए त्यसले ठुलो रोल प्ले गर्छ । नागरिकहरुले हामीलाई विश्वास गर्छन । नेपालको कर्मचारीतन्त्रले नागरिकता, अपाङता परिचयपत्र, मतदाता परिचयपत्र, जेष्ठनागरिक भत्ता, मालपोत नापीका कामहरु, स्वास्थ्य शिविरहरु जस्ता थुप्रै कामहरु जनताको घरदैलोमै पु¥याउने काम गर्नु पर्छ । राज्य र नागरिक बिचको दुरी घटाउने, कर्मचारीहरुलाई जनताको नजिक जान सिकाउने काम गर्नु पर्दछ । सिंहदरबारको अधिकार गाउँ–गाउँ सम्म पु¥याउने भनेको लोकतन्त्रको मुख्य ध्येए हो ।
३. साँच्चै नै इमानदारिताका साथ काम ग¥यो भने देश, समाज, नेपालको अहिलेको अवस्था बद्ल्न सकिन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ तपाई ?
सरकारको स्थायी संयन्त्र भनेकै कर्मचारीतन्त्र हो । हामी कर्मचारी एकदमै आलोचित छौं । हाम्रा नैतिक मुल्यमान्यताहरु दिनदिनै ह्रास हुदैै गई रहेका छन । हामी नागरिक प्रति उत्तरदायि हुनै पर्छ । हामीहरु ब्यक्तिगत स्वार्थ भन्दामाथी उठेर काम गर्नु पर्छ । इमानदारिता र निष्ठाका साथ काम गरियो भने समाज र देश अवस्य बद्लिन्छ । देश परिवर्तनको दिशातर्फ अघि बढीरहेको छ ।
४. आइडल भइसकेपछि साथि भाई, आफन्तले कस्तो प्रतिक्रिया दिनुभयो, के भन्नुभयो उहाँहरुले ?
उहाँहरु धेरै खुसी हुनुहुन्छ, म मध्यम परिवारको मान्छे हुँ । म कहिल्यै पैसाको पछि लागिन । कमाउनु पर्छ भनेर म यो सेवामा आएको हैन । पैैसा कमाउनलाई यो सेवा छाडेर जानुपर्छ । पैसा कमाउन उद्योग ब्यापार वा अन्य ब्यवासाय गर्नुपर्छ ।
जनताले पनि इमानदार मान्छेको खोजी गर्दा रैछन भन्ने मेरो परिवार, साथीभाई मित्रहरुले भन्नु भयो । उहाँहरु साह्ै खुसी हुनुहुन्छ । मेरा पुराना मित्रहरु, परिवार सबैले मेरो कार्यशैलीको प्रसंशा गर्नुभयो ।
५. सफल ब्यक्ति हुनुका पछाडि एउटा महिलाको हात हुन्छ भनिन्छ नी ? यहाँको अनुभव कस्तो रह्यो ?
सफल ब्यक्ति हुन परिवारको पनि ठुलो हात हुन्छ । मेरो चै कस्तो अवस्था हो भने मेरो जिवन साथि, मेरो पत्नीले मलाई पैसा ल्याएर देउ, सुन किन्देउ, घर ठुल–ठुलो बनाउन प¥यो, फलानाले त्यति कमाई सक्यो भनेर कहिल्यै भनिनन् । उनले मलाई राम्रो सँग बुझेकी छन ।
६. अनि छोरा–छोरीले के भने ?
मेरी छोरी ब्याचलर पढ्दै छिन । छोरा सानो छन । मैले छोरीलाई निजामतिमा आउ है भन्छु । छोरीले निजामति कर्मचारीले पैसा कमाउदैन्न । म त बाबा जस्तो जागिर नखाने भन्छिन । पछि अन्य कुनै ब्यवासाय गर्र्छु भन्छिन । बाबा त दुई, चार महिनामा मात्रै कहिले कँहीमात्र घर आउनु हुन्छ भन्छिन । समय अनुसार छोरीले पनि बुझ्दै जानेछिन । छोराछोरीले, मैले राम्रो काम गरी रहेएको छु भनेर बुझेका छन ।
७.तपाईले साँच्चै नै राष्ट्र, देशको लागी केही गरी रहेको छु भनेर गर्व महसुस गर्नुहुन्छ ?
राम्रोे काम गर्दै छु । तर गर्व नै लाग्ने गरी अरु धेरै कामहरु गर्न बाँकी नै छ भन्ने जिम्मेवारी महसुस गर्छु ।
८. कर्मचारीतन्त्रलाई स्थायि सरकार पनि भनिन्छ, के नेपालको कर्मचारीतन्त्रबाट परिवर्तन संम्भव छ ?
राष्ट्रसेवक कर्मचारी इमानदार भए अवस्य संम्भव छ । राजनितिबाट पोलिसी निर्माण हुन्छ, पोलिसी कार्यान्वयन गर्ने कर्मचारी नै हुन । त्यसैले “राष्ट्रसेवक कर्मचारी थप परिस्कृत र परिमार्जित भई इमान्दारीका साथ अघि बढ्नु पर्छ ।”
९.आइडलको नाताले राष्ट्र सेवक कर्मचारीहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
राष्ट्रसेवक कर्मचारीहरु आम–जनताको सेवक हुनुपर्छ । जनता प्रति इमानदार र बफादार भएमात्रै यो राष्ट्र समृद्ध हुन्छ त्यसैले, हामीले इमानदारिताका साथ काम गर्नैपर्र्छ । म नतिजामा विश्वास गर्छु हामी कर्मचारीले राम्रो सोचेर काम गर्यौ भने रिजल्ट पनि राम्रो नै हुन्छ । नतिजा मुखी प्रशासन अहिलेको आवाश्यकता हो । हामी जति पनि जनताका काम गरौं, इमानदारिताका साथ गरौं ।
१०. अन्तिममा, तपाईलाई आइडल बनाउन क्यामपेन गर्ने, मत दिने आम शुभेक्छुकहरुलाई के भन्नुहुन्छ ?
म उहाँहरुलाई हार्दिक आभार र धन्यवाद ब्यक्त गर्न चाहान्छु । म अझै निष्ठा र इमान्दारिताका साथ काम गर्न प्रतिबद्ध छु । म सुशासन र बिकासका लागी उहाँहरुबाट हौसला प्रेरणा लिर्दै अघि बढ्ने छु । हामी सबैको सामुहिक प्रयासले बिकास संम्भव छ । हामी सबै मिलेर अघि बढ्न निवेदन गर्दछु ।
११. हामी सँग कुराकानी गर्नुभएकोमा धेरै धन्यवाद ।
मेरा कुराहरु, विचार, भावना, राख्ने अवसर दिनुभयो । बिशेष आभार ब्यक्तगर्दै म पनि धेरै–धेरै धन्यबाद दिन चाहान्छु ।