WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
संसद बैठकमा सुन तस्करको ‘ठूलो माछा’बारे प्रधानमन्त्रीमाथि नै प्रश्न उठेको छ। नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन् भन्दै संसदमा प्रश्न उठाएका हुन्।
३३ किलो सुन तस्करीबारे सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नुभएको म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ,’ सुवालले भने, ‘अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ, मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि ?
सुन तस्कर प्रकरणमा गोरे पक्राउ परे सँगै एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका बेला सांसद सुवालले संसदमै प्रश्न उठाएका हुन्। यसबाट प्रधानमन्त्री नै शंकको घेरामा परेका छन्।
प्रहरी भन्दा चोर अगाडि बढ्नु पुँजीवादी गणतन्त्रकै कारण भएको टिप्पणी गर्दै सांसद सुवालले भारतमा ७० वर्ष अगाडि देखि देखिएको यो प्रवृत्ति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए। उनले नेपाली पानीजहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने तर्क गरे।