काठमाडाैं । ६ बैशाख – स्विटजरल्याण्डकाे एउटा कम्पनीले नेपालीका लाेकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेचिरहेको छ । उक्त बियरकाे लाेगाे पनि राजा विरेन्द्रकै अनुहारकाे स्केचकाे रहेकाे छ र यस सँगै ” THIS BEER IS KING ” भनिएकाे छ ।
बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ। Turbinenbräu नामको स्विजरल्याण्डकाे कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।
तर अर्काे https://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार CHF 44.40 मुल्य पर्न अाउँछ यसकाे नेपाली भनेकाे ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ