WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
फागुन ८ नेपालगञ्ज । केहि समय देखि बन्द नभएको नेपालमा नया सरकार गठन भएसगै बन्दको सस्कृति फेरी सुरु भएको छ । बन्द नै सवै थोकको समाधान भन्ने भ्रम पालेर वसेकाहरुका लागी यो आफनै खुटटामा बन्चरो हाने जस्तै हो , अव वन्दको विकल्प खोजीनु जरुरी छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि अव किन कसका लागी र के का लागी बन्द भन्ने प्रश्नहरु उव्जिएका छन । सत्ता सञ्चालनको वागडोर सम्मालेकाहरुले पनि आफनो दायित्व के हो भन्ने सोच्न जरुरी छ ।
नेकपाले मारेङमा गर्न लागेको कार्यक्रममा प्रहरीले हस्तक्ष्ँेप गरी नेता तथा कार्यकर्तालाइ पक्राउ गरेको विरोधमा फागुन ८ गते नेपाल बन्दको आयोजना गरीएको कारण जनजिवन प्रभावित बनेको छ । अहिले सम्म बन्द गराउदै हिडने विप्लपका दर्जनौ कार्यकर्ता देशका विभिन्न भागबाट पक्राउ परेका छन । नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द विप्लवले शान्तिपुर्ण कार्यक्रममाथि वर्तमान प्रम केपी ओली सरकारले हस्तक्षेप गर्न लगाएर जनघाती काम गरेको भन्दै कडा शव्दमा विरोध जनाउदै विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको आरोप लगाइएको छ ।
आइतवार मोरङको विराटनगरमा पार्टी निकट युवा संगठनको राष्ट्रिय सम्मेलनमा प्रहरीलाई हस्तक्षेप गर्न लगाएर पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, पोलिटव्युरो सदस्यसहित सम्पूर्ण नेता कार्यकर्तालाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ साथै फागनु ८ गते नेपाल बन्दको आव्हान गरिएको छ ।