WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
अहिले नेपाली चलचित्रमा धेरै व्यक्तिहरुको डेब्यु भईरहेको छ । डेब्युकै कुरा गर्ने हो भने नायक र नायिकामा अधिक व्यक्तिहरु नेपाली चलचित्रमा प्रवेश गरेको देखिन्छ । यस्तै भारतीय टेलिभिजन च्यानल जिटिभीको नृत्यमा आधारित रियालिटी शो “डान्स इन्डिया डान्स सिजन–४” मा आफ्नो दमदार नृत्यबाट सबैलाई आश्चर्य चकित बनाएका “नेपाली ठिटोज” ग्रुपका सुनिल क्षेत्रीले अब नेपाली चलचित्रमा नायकको रुपमा डेब्यु गर्दैछन् । उनको धेरै नेपाली म्युजिक भिडियो सार्वजनिक भईसकेको छ । भारत पछि नेपालमा पनि उनको नृत्यको एक किसिमको क्रेज बन्यो ।
सिल्भर लेक पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र “चि मुसी चि” बाट सुनिलले डेब्यु गर्न लागेका हुन् । उनि संग चलचित्रमा जोडीको रुपमा अलिशा शर्मा देखिँदैछिन् । उनी पनि चर्चित नृत्यांगना हुन् । दिनेश श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्रमा कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की, रश्मी भट्ट लगायतका कलाकारको पनि अभिनय रहने छ । चलचित्र म्यूजिकल थ्रिलर विषयमा निर्माण हुन लागेको निर्माण पक्षले बताएको छ ।
काठमाडौं, इलाम र पोखरामा छायांकन हुने भनिएको चलचित्रलाई महेश्वर खत्री र सुवास भुर्तेलले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन् भने अरुण गुरुङ र अनिल श्रेष्ठ चलचित्रका सह-निर्माता हुन् । चलचित्रमा बासु न्यौपानेको छायांकन, अष्ट महर्जनको एक्सन, सुरज अधिकारीको संगीत, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी रहने छ ।