WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ।
ललितपुरको मानवभवनस्थित शारदा अधिकारीको घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो।
सरकार गठनअघि पार्टी एकताको विषय टुंगो लगाउन दुई नेता छलफल हुने स्रोतले बतायो। प्रचण्डले पार्टी एकतासम्बन्धी विषय छिटो टुंगो लगाउन एमालेलाई दबाब दिँदै आएका छन्।
स्रोतका अनुसार अघिल्लो बैठकमा प्रचण्डले आफूलाई पार्टी अध्यक्ष नदिए पार्टी एकता नगर्न आफूलाई दबाब आएको बताएका थिए। सोही कुरा एमाले अध्यक्ष केपी ओलीले आइतबारको स्थायी कमिटी बैठकमा समेत सुनाएका थिए। तर, प्रचण्डलाई अध्यक्ष नदिन ओलीलाई पनि पार्टी नेताहरुले दबाब दिँदै आएका छन्। जसकारण एकताको प्रक्रियामा विलम्ब भइरहेको छ।