WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौँ — युवा–विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिमाण सार्वजनि%0 युवा विद्यार्थी संगठनको 0ो मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेका छन् ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस भद्रकाली, नयाँ सडक हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए। प्रदर्शनीमा ‘पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता गर’, ‘अविलम्ब प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक गर’ जस्ता नारा लगाइएको थियो।
प्रदर्शनी समापन सभामा अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा, अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेत र युवा संघ नेपालका सचिव बच्चनबहादुर सिंहले मत परिमाण र मूल्यवृद्धि फिर्ता लिनुपर्नेमा जोड दिएका थिए। मत परिमाण र मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूले बताए।
यसैबीच युवा विद्यार्थी संगठनको आज बसेको बैठकले मूल्यवृद्धि फिर्ताको माग गर्दै भोलि र पर्सि निगम घेराउ तथा मत परिमणाम सार्वजनिक गर्न माग गर्दै सडक बहस गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव पराजुलीले बताए। -कान्तिपुर