WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपालगन्ज– नेपालगन्जको भेरी अञ्चल अस्पतालले मिर्गौला रोगका बिरामीहरुको उपचारका लागि डायलसिस सेवा सुरु गरेको छ।
सरकारले भेरी अञ्चल अस्पतालमा डायलसिस सेवा सुरु गर्न उपलब्ध गराइएको २ वटा डायलसिस मेसिन र अस्पतालले आफ्नै स्रोतमा थप २ गरी ४ वटा मेसिन जडान गरेर सेवा सुरु गरिएको हो।
मिर्गौला रोगको उपचारका लागि डायलसिस सेवा आवश्यक पर्छ। पश्चिम नेपालका सरकारी अस्पतालहरुमा डायलसिस सेवा नहुँदा बिरामीले निकै सास्ती खेप्दै आएका थिए। मिर्गौला रोगीहरुले डायलसिस सेवा लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरदेखि भारतको लखनउ र काठमाडौंसमेत जानुपर्ने बाध्यता थियो।
सामान्यतया बिरामीहरुले उनीहरुको स्वास्थ्य अवस्था अनुसार डायलसिस एक हप्तामा एकदेखि तीन पटकसम्म गराउनुपर्ने हुन्छ। डायलसिस गराउँदा पालो कुर्नुपर्ने र पटकपटक जाने-आउने गर्नुपर्ने भएकाले घरदेखि टाढाको अस्पताल जान-आउनसमेत समस्या छ।
भेरी अञ्चल अस्पतालले बिहान ९ देखि ५ बजेसम्म डायलसिस सेवा प्रदान गर्ने जनाएको छ। ३ वटा मेसिनले दैनिक ६ जनासम्म बिरामीलाई भरपर्दो र गुणस्तरिय सेवा दिइने डायलसिस युनिटका प्रमुख डा पारस श्रेष्ठले बताए।
निजी स्वास्थ्य संस्थामा डायलसिस गराउँदा बिरामीले एक पटकमा न्युनतम २ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने भए पनि नेपाल सरकारको नीति अनुसार अस्पतालले डायलसिस सेवा नि:शुल्क उपलब्ध गराउन सुरु गरेको अस्पतालका प्रमुख डा वीरेन्द्रबहादुर चन्दले बताए। -स्वास्थ्यखबर