WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं, १२ पुस । इटालीमा सानदार विवाह गरेका अनुष्का शर्मा र विराट कोहलीले जसै दिल्लीमा प्रथम विवाह भोज विशेष अतीथीका साथ सम्पन्न गरे विवाहको दोस्रो भोज मुम्बाईको सेन्ट रेगिस होटलमा आफ्ना खेलाडी तथा फिल्मकर्मी अतीथीका साथ सम्पन्न गरे ।
उक्त होटलमा क्रिकेटका जानेमाने हस्ती सँगै बलिउड महानायक अमिताभ बच्चन सपरिवार पुगे अमिताभले जसै स्टेजमा पुगे विराट र अनुष्कालाई मुस्कुराउँदै कम्मर झुकाएर हात जोड्दै बिन्ती भाउको झैं गरी नमस्कार गरे अनुष्का लाजले अमिताभलाई हात जोडेर नमस्कार फर्काईन् तर अमिताभको यो मजाकलाई अनौठो मानेर हाँसो रोक्न नसकि धेरै बेर सम्म अनौठो मान्दै हाँसीरहीन् ।
प्रीतिभोजमा शाहरुख खान, ऐश्वर्या राय, माधुरी दीक्षित, कंगना रनावत, प्रियंका चोपडा लगायतका कलाकार पनि उपस्थित थिए ।
यसअघि दिल्लीको ताज डिप्लोमेटिक होटलमा पहिलो प्रीतिभोज भएको थियो । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी, अरुण जेटली लगायतका गण्यमान्यको उपस्थिति थियो ।
मुम्बई प्रतिभोजमा अनुष्का र विराटले शाहरुख खानसँग मिलेर बेस्सरी नाचगान गरेका थिए ।
होटलको नवौं तल्लामा रहेको एस्टर बलरूममा प्रीतिभोज बुधवार बिहान ३ बजेसम्म चलेको थियो ।यो पार्टीमा कयौं हस्तिहरुको सहभागिता थियो ।
यो समहारोहको तस्वीर सामाजिक सञ्जालमा छाएको छ । विरुष्काको रिसेप्स भारतको ट्वीटर ट्रेन्डमा समेत परेको छ ।सांभार