WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दस हजार मतान्तरले विजयी भएका छन्। यादव सप्तरी २ बाट २१ हजार ६ सय ३० मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ७९ मत ल्याएका छन्।
फोरम–राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवलाई कांग्रेसले सहयोग गरेको थियो। यसअघिका दुई निर्वाचनमा सुनसरी–५ बाट निर्वाचित भएका यादव यो निर्वाचनमा सप्तरी–२ बाट उठेका हुन्।