WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौंका १० मध्ये तीन क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्र पराजित भएको छ।
वाम गठबन्धन बनेपछि काठमाडौंमा बलियो रहेको एमालेले माओवादीलाई तीन क्षेत्र छोडेको थियो। यी तीनै क्षेत्रमा माओवादीको प्रभाव थिएन।
स्थानीय चुनावमा माओवादी उम्मेदवारको जमानत जफत भएको थियो। ६० र ४० को भागबन्डा मिलाउने एमालेले आफू बलियो भएको काठमाडौंमा माओवादीलाई सिट छोडेको थियो।
काठमाडौं १, ६ र १० मा वाम गठबन्धनबाट माओवादी उम्मेदवार थिए। ती तिनै क्षेत्रमा कांग्रेस विजयी भएको छ।
क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान श्रेष्ठ विजयी भएका छन्। त्यहाँ माओवादी उम्मेदवार अनिल शर्माले ५३३६ मत पाए। काठमाडौं ६ मा झक्कुप्रसाद सुवेदीले १५४८५ मत पाएर पराजित भ एभने काठमाडौं १० मा उम्मेदवार बनेका हितमान शाक्यले २१९०७ मत पाए।