सृजना घिमिरे । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन् ।
यो समूहसँग दाह्री–जुंगा पालेका युवा वर्ग आबद्ध छन् । यसरी अधिकांश पुरुषले पाल्न रुचाउने जुंगा–दाह्रीको केही वैज्ञानिक उपयोगिता पनि छन् । जुन तपाईंलाई थाहा नहुन सक्छ । जुंगा–दाह्री पाल्ने चलनको सुरुवात बारे पनि वेग्लै इतिहास छ ।
सन् १९९९ मा दक्षिण अष्ट्रेलियाको एडिलेड शहरमा ८० जना युवाको समूहले एउटा सोच बनायो । अलिअलि चिसो बढेको समय, नोभेम्बर महिना । ती युवाले नोभेम्बर महिनाभर जुंगा नकाट्ने बरु त्यो जुंगा काट्ने पैसाले एउटा च्यारिटीको स्थापना गर्ने निर्णय गरे ।
अंग्रेजीमा ‘मोस्ताच’ भनिने जुंगा र नोभेम्बर महिनाको ‘भेम्बर’ शब्दलाई मर्ज जरेर ती युवाले एउटा शब्द बनाए ‘मोभेम्बर’ । मोभेम्बर अर्थात् नोभेम्बर महिनामा पुरुषहरुको स्वास्थ्य समस्याबारे जागरुक बनाउने र जनचेतना फैलाउने एउटा बार्षिक अभियान । यस अवधिमा युवाहरु आफ्नो जुंगा नकाट्ने निर्णय गरे ।
त्यो अवधिमा बरु उनीहरुले विभिन्न शैलीमा जुंगा पाल्न थाले । साथै, प्रोष्टेट क्यान्सर, टेस्टिकुलर क्यान्सर, डिप्रेशन र आत्महत्या जस्ता मृत्युका कारकहरुबाट कसरी बच्न सकिन्छ लगायतका विषयहरुमा जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्न थाले ।
सन् २००३ मा अष्ट्रेलियाको मेलबर्नमा आदम गेरोन, ट्रेविस गेरोन, ल्यूक स्लीट्टरी र जस्टिन कोघलेन लगायतका युवाको सहभागितामा मोभेम्बर फाउण्डेसनको पनि स्थापना भयो । र, सन् २००६ मा आधिकारिक रुपमा दर्ता भयो । उक्त फाउण्डेसन स्थापनाको मुख्य उद्देश्य भनेकै पुरुषको स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने रहेको छ ।
मोभेम्बर फाउन्डेसनले युवालाई वंषाणुगत रुपमा लाग्न सक्ने क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउन पनि सचेत गर्ने गर्छ ।
सन् २००४ देखि यो फाउन्डेसनले युवाको स्वास्थ्यसँग सम्बन्धित विषयमा केन्द्रीत रहेर अष्ट्रेलिया र न्यूजील्याण्डमा विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
सन् २००७ मा त्यो कार्यक्रमलाई आयरल्याण्ड, क्यानडा, डेनमार्क, स्पेन, यूके, इजरायल, साउथ अफ्रिका, ताइवान र अमेरिकामा पनि विस्तार गरियो । सन् २०११ सम्म आइपुग्दा क्यानेडाका युवाहरुले मोभेम्बर च्यारिटीमा सबैभन्दा बढी योगदान पुर्याए ।
सन् २०१२ मा मोभेम्बर विश्वकै शीर्ष एक सय गैर सरकारी संस्थाहरु मध्येमा पर्यो । सञ्चारमाध्यमहरुले मोभेम्बरको बारेमा समाचारहरु पनि प्रकाशन÷प्रशारण गर्न थाले । त्यसयता ८० जनाबाट सुरु भएको उक्त अभियान अन्तर्राष्ट्रिय रुपमै फैलिएको छ ।
यस बाहेक पुरूषाेत्व र सुन्दरतामा पनि दाह्री जुंगाले बल पुर्याएकाे अाभाष पुरूषहरूले गर्छन् । जसले गर्दा उनीहरूमा अात्म विश्वास र अात्मबल बढेर गएकाे मान्दछन् ।
यससंगै पुरूषहरू विभिन्न सभा समाराेह या सार्वजनिक स्थानमा अाफूलाइ प्रस्तुत गर्दा गाैरव महशुस गर्छन् । व्यक्तित्व विकाससंगसंगै, मितबेयी बनाउन पनि यसले सहयाेग पुर्याएकाे देखिन्छ ।
तर मोभेम्बरका विषयमा अझैपनि पुरुषवर्गमा जानकारी प्रभावकारी रुपले जान सकेको छैन । यसको उपादेयता कसरि लिने भनी व्यापकरुपमा प्रचार प्रसार हुन आवश्यक देखिन्छ ।