बर्दियाको गुलरियामा संञ्चालनमा रहेको सघन शहरी विकास आयोजना अन्र्तगत बनिरहेको ढल नाला सहितको सडक बन्न नदिई वडा नम्बर ५ का वडा सदस्य सोबिन्द्र बहादुर चौधरीले निर्माण कार्यमा अवरोध गरेका छन ।
नक्सा अनुसार ढल नाला सहितको सडक निर्माण गर्दा आफनो मिल जाने भएपछि नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सोबिन्द्र बहादुर चौधरीले १० महिना देखी सडक विस्तार गर्ने कार्यलाई रोकेका हुन ।
वडा सदस्य चौधरीले आफनो मिल जाने भएपछि पश्चिम तिर घर पर्ने छिमेकी किशोरी चौधरीको १० फिट भन्दा बढी जग्गा च्याप्न खोजेको स्थानियले बताएका छन ।
गुलरिया नगरपालिका र सघन शहरी विकासका प्राविधिकहरुले नक्सा अनुसार वडा सदस्य चौधरीको मिलको एक भाग सडकमा पर्ने जानकारी दिएका छन । १० महिना देखी अवरुद्ध सडकमा वडा सदस्य चौधरीले मिल भत्काए आफु राजनिति नै छोडी दिने धम्की दिदै आएको स्थानिय बताउँछन ।
गुलरिया नगरपालिका स्रोतका अनुसार वडा सदस्य चौधरीको नक्सा अनुसार सडकमा मिल पर्न गएको छ । वडा सदस्य चौधरीले छिमेकीलाई १० फिट जमिन च्याप्न खोजेपछि विवाद सिर्जना भई सडक निर्माण कार्य लामो समय देखी अलपत्र परेको स्थानियको भनाई छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेले विवादित ठाउँहरुमा सडक निर्माण कार्य नक्सा अनुसार नै हुने बताएका छन ।
वडा सदस्य चौधरीले सिंगो बालापुर गाउँलाई नै दादागिरी शैलीमा धम्काउने, ठेकदार र सडक निर्माण गर्न आएको जेसिबीलाई नाली नै खन्न नदिई लखेटने गरेको स्थानियले बताएका छन ।
दशकौं देखी पिछाडिएको बालापुरमा सघन शहरी विकास आयोजनाले सडक निर्माण गर्दा खुसी भएका स्थानियहरु अहिले वडा सदस्य चौधरीको ब्यवहारबाट आक्रोशित र चिन्तीत भएको छन ।
१० महिना बिति सक्दा पनि सडकले पुर्णता नपाएको भन्दै स्थानिय अन्यौलमा परेका छन । स्थानियलाई अहिले आउजाउमा समस्या भईरहेको छ । सडक निर्माण कार्यमा भएको ढिलाइले स्थानियहरु पानी परे हिलो र घाम लागे धुलोबाट आजित बनिरहेका छन ।
दिउँसो सरोकारवाला निकाय सगँ एक प्रकारको सहमति जनाउने र आफनो घर बचाउनकै लागी रातारात फेरी किल्ला सार्ने गरेको स्थानियको आरोप छ । शघन सहरी विकास आयोजना अन्र्तगत बनीरहेको सडक मापदण्ड अनुसार बालापुर गाउँमा ९-९ मिटर (दायाँबायाँ) छोड्ने भनिएको छ ।