-प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया
शहिद गेट निर्माण उपभोक्क्ता समितिलाई एक औपचारिक समारोहबीच आज सम्झौता सहित रकम हस्तारण गरिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ जगतीयामा बनाउन लागीएको गेटका लागी पहिलो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
महिला, कानुन र विकास मञ्च काठमाडौंका केन्द्रिय अध्यक्ष मीरा ढुंगानाले निर्माण उपभोक्क्ता समितिका अध्यक्ष मंगती थारुलाई चेक हस्तारण गरी एक-एक प्रति सम्झौता पत्र लिनु भएको हो ।
महिला, कानुन र विकास मञ्च काठमाडौंका कार्यक्रम अधिकृत बिनोद चन्द्र देवकोटाले पहिलो किस्ता बापत उपलब्ध गराईएको रकमबाट निर्माण कार्य सम्पन्न गरी बिल भर्पाई र्फच्यौट भएपछि दोसो किस्ता बापतको रकम १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको बताउनुभयो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम सिंह थारुले वडाबाट पनि आफनो ठाउँमा बन्ने शहिद गेटका लागी ५ लाख रुपैयाँ बजेट ब्यवस्था गरिएकाले अब महिला, कानुन र विकास मञ्चबाट प्राप्त ३ लाख रुपैयाँ पनि प्राविधिकहरुको सल्लाह अनुसार खर्च गरिने बताउनुभयो ।
उता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतमले सहयोग रकम उपलब्ध गराउने महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) लाई धन्यबाद दिदै आगामी दिनमा गाउँपालिकाबाट द्वन्द्वपीडित लक्षित कार्यक्रमलाई थप प्राथामिकता दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “द्वन्द्वपीडित परिवारलाई फोटो हस्तारण सहित एक पटक सम्मान पनि गरिसकेका छौं, गाउँपालिकाबाट, अब सिप अनुसार आय–आर्जनमा लाग्ने र आफनो योजना बनाएर ल्याउनुभयो भने सुनुवाई हुनेछ, वडाकै बजेट सिलिगं भित्र परेर आएका योजनाहरु कटौती नभई पर्छन पनि । आफनो हक, अधिकारका लागी आफै लाग्नुपर्छ ।”
संक्रमण कालिन न्याय जिल्ला संञ्जाल बर्दियाका सदस्य लक्ष्मी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य राम कुमार बिक, वडा नम्बर ६ का वडा सदस्य जंग बहादुर थारु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका महिला उपाध्यक्ष मेनका चौधरी, द्वन्द्व पीडित घरपरिवारका सदस्य, स्थानिय समाजसेवी लगायतका उपस्थिती रहेको थियो ।
महिला, कानुन र विकास मञ्च काठमाडौंका बर्दिया जिल्ला प्रतिनिधि कासीराम चौधरीका अनुसार द्वन्द्वमा परेकाहरुको स्मरणका लागी स्मारक (शहिद) गेट निर्माण गर्न बजेट कमी भएपछि आर्थिक साहयता प्रदान गरिएको हो ।
अविभेद र समानताका लागी कार्यरत महिला, कानुन र विकास मञ्च काठमाडौंले बर्दिया जिल्लाको गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिका क्षेत्रमा काम गर्दै आईरहेको छ । महिला, कानुन र विकास मञ्च काठमाडौंका केन्द्रिय अध्यक्ष मीरा ढुंगानाले के भन्नुभयो ।
-यो भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=P2GUf16ugns&feature=youtu.be
-साभार : रेडियो मर्निगं स्टार ९० मेगाहर्ज