गत वर्ष झैं यो वर्ष पनि संसारकै खुसी देशको उपाधि फिन्ल्यान्डले जितेको छ । सन् २०१९ मा विश्वकै खुसी देशको सूची सार्वजनिक भएको छ, जसमा फिनल्यान्ड पहिलो भएको हो ।
सन् २०१६ मा पहिलो स्थानमा रहेको डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ । त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको छ । यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १ सय ५६ देशमा गरेको अनुसन्धानका आधारमा बुधबार ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१९’ सार्वजनिक गरेको हो ।
बुधबार ’अन्तर्रा्ष्ट्रिय खुसी दिवस’ पनि थियो । यो रिपोर्टले विशेषगरी छ मुख्य कुरा हेर्छ ः आम्दानी, स्वतन्त्रता, विश्वास, स्वस्थ्य जीवन, सामाजिक सहयोग र उदारता । यो सूचीमा अमेरिका १९ औं नम्बरमा छ ।
बेलायत १५ औं, जर्मनी १७ औं, जापान ५८ औं, रसिया ६८ औं, चीन ९३ औं स्थानमा छन । सबभन्दा कम खुसी देशमा सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया र रूवान्डा छन ।
-साभार : सेतो पाटी