दुई वटा रेल एक आपसमा ठोक्किँदा ३२ जना यात्रुको मृत्यु भएको छ। ग्रिसमा गए राति भएको रेल दुर्घटनामा ८५ जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
राजधानी एथेन्सबाटो उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको मालवाहक रेल लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन्।
दुर्घटनापछि ३५० यात्रु रहेको यात्रुवाहाक रेलमा आगो समेत लागेको बताइएको छ। आगलागीका कारण यात्रुहरु जलेको बताइएको छ। अन्य यात्रुहरुको उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । रेल के कारणले दुर्घटना भए भन्ने बारेमा अनुसन्धान सुरु गरिएको जनाइएको छ।