टर्की केन्द्रबिन्दु बनाएर आज बिहान गएको ७.८ रेकर्ड को शक्तिशाली भूकम्पबाट अहिलेसम्म दुई देशका गरि ११८ जनाको मृत्यु भएको छ।
भूकम्पको धक्काका कारण टर्की लगायत लेबनान ,सिरिया र इजरायलमा पनि ठुलो क्षती भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। सिएनएनका अनुसार अहिलेसम्म टर्कीमा ७६ जनाको मृत्यु र ४०० बढी घाइते भएको छ भने सिरियामा ४२ जनाको मृत्युसँगै २०० बढी घाइते भएको जनाइएको छ।
भूकम्पका कारण धेरैको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरू समेत महसुस भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । भुकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुन सक्ने बताइएको छ । त्यस क्षेत्रमा ठुलो संख्यामा उद्दार टोली परिचालन गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।