भुमि सुधार तथा मालपोत कार्यालय नेपालगंज बाँकेमा पुगेका सेवाग्राहीले जोखिम पुर्ण अवस्थामा आफुहरुले सेवा लिनु परेको गुनासो गरेका छन ।
दोस्रो तलामा रहेको सेवाग्राही कक्षको ढोकाबाट सिधै कर्मचारीले फाइल नबुझी जोखिमपुर्ण, अवस्थामा रहेको रेलिङ्ग (बार), झ्यालबाट मात्र फाइल बुझ्ने गरेका हुन ।
यो नियम सामान्य वर्गलाई मात्र कर्मचारीले लगाएछन, मालपोतमा पुगेका सर्वसाधारणले भने, “आफनो चिनेजानेका, र ठुला हुने खाने आउँदा मात्र ढोका खोल्छन, नत्र सबैलाई त्यतैतिर पठाउँछन, झ्याल पनि अलि सजिलो ठाउँमा भए केही हुने थिएन, तर अप्ठेरो ठाउँमा छ, त्यहाँबाट कोही खस्यो भने बाँच्न मुस्किल छ ।”
कार्यालय समयमा कर्मचारी बस्ने टेबुल कुर्सी खाली भएपनि सर्वसाधारण पालो कुररै बसेका देखिन्छन । ढिलागरी टेबुलमा हाजिर हुने तिनै कर्मचारीले सेवाग्राहीलाई राम्रो सँग नबुझाई, समयमा सेवा नदिई उल्टो हप्काउने, रिसाउने गरेको सेवा लिन पुगेका अधिंकाश सर्वसाधारणहरु बताउँछन ।
सधै भिड भईरहने भुमि सुधार तथा मालपोत कार्यालय नेपालगंज बाँकेमा सुरक्षा र सहजताको लागी नेपाल प्रहरीले गेट देखी सेवाग्राही कक्ष सम्म डिउटी दिई रहेको हुन्छ । तर त्यो जोखिम पुर्ण अवस्थाको सेवा बारे प्रहरीले चासो दिन सकेको छैन ।
भुमि सुधार तथा मालपोत कार्यालय बाँके बढी भ्रष्टाचार हुने कार्यालयका रुपमा पनि चिनिन्छ ।
-साभार : रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज