अमेरिकाले सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख रुपैयाँ अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ ।
हम्जा बिन लादेन अल कायदाका नेताका रूपमा उदाइरहेको बताइएको छ । उनी कहाँ छन् भन्ने चाहिँ प्रस्ट थाहा छैन । हम्जा बिन लादेन ३० वर्षका रहेको बताइन्छ ।
पछिल्लो समय उनले सार्वजनिक गरिरहेका श्रव्यदृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए ।
अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो ।
-साभार : बिबिसी नेपाली