उपचारका लागी भेरी प्रादेशिक अस्पताल नेपालगंज बाँकेमा पुगेका बिरामीलाई डाक्टरले मानसिक यातना दिएको खुलासा भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ डलै गाउँका तेजेन्द्र ध्वज जिसीले डाक्टरको नामै तोकेर न्याय पाउँ भनी लिखीत रुपमा उजुरी अस्पताल प्रशासनमा दिएपछि यस्तो खुलासा भएको हो ।
भेरी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट मुटु रोग बिशेषज्ञ डाक्टर कृष्ण प्रसाद अधिकारीले बिरामी भाईलाई २० पटक उठबस गर्न लगाएपछि बीचमै बेहोस भएको र अपमान जनक शब्दहरु बोल्दै धम्की सहित अमर्यादित ब्यवहार गरेको तेजेन्द्रले उल्लेख गर्नुभएको छ ।
मुटु रोग बिशेषज्ञ डाक्टर कृष्ण प्रसाद अधिकारीको अमर्यादित ब्यवहार र धम्कीकै कारण उपचार पुरा हुन नपाउदै बाध्य भएर फागुन १२ गते अन्य डाक्टरहरु सँग डिस्चार्ज मागेर अस्पतालबाट बाहिरीनु परेको उहाँले गुनासो गर्नुभएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले स्वास्थ्य बीमा गरेको र त्यसमा उल्लेख भएअनुसारको सुविधा लिन भेरी प्रादेशीक अस्पतालमा पुगेपनि डाक्टरको धम्की र अमर्यादित ब्यवहारकै कारण बाध्य भई अन्यत्र उपचार गर्न जानु परेको तेजेन्द्रले बताउनुभएको छ । गत फागुन ३ गते दिँउसो खेतमा काम गरीरहेका ४५ बर्षिय भाई विकास जिसीलाई चट्याङ्ग लागेको थियो ।
पानी परेकाले बेहोस अवस्थामा रहेका विकासलाई स्थानिय मेडिकलमा सामान्य उपचार पछि राती साढे १२ बजे तिर एम्बुलेन्स मार्फत नेपालगंज पु¥याएको हो । इमेरजेन्सी हुदै अस्पतालको क्याविन नम्बर ४ मा पुग्नुभएका बिकास जिसीको मुटु सम्बन्धी चेकजाँच तथा उपचार गर्ने बिषयमा डाक्टरको गाली सहितको भनाई खानु परेको थियो ।
चट्याङ्ग लागेर घाईते हुनुभएका बिकास जिसीका हात खुट्टाले काम गर्न सकेका छैन्न । कानमा प्वाल परेको छ भने चेत अझै पुर्ण रुपमा खुल्न सकेको छैन । उता भेरी प्रादेशिक अस्पताल नेपालगंजका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपानन्द अधिकारीले उजुरी प्राप्त भएकोले सम्बन्धित डाक्टर सँग बसेर बास्तविक कुरा बुझ्ने बताउनुभएको छ ।
प्रमुख कन्सल्टेन्ट मुटु रोग बिशेषज्ञ डाक्टर कृष्णा अधिकारी भने १९ गते सम्म विदा लिएर काठमाडौं जानुभएको छ । यस बिषयमा उहाँले कुनै पनि प्रतिक्रिया दिनुभएको छैन । मुस्कान सहित गुणस्तरिय स्वास्थ्य सेवा जति भनिएता पनि पछिल्लो यो घटनाले भेरी प्रादेशिक अस्पताल नेपालगंजको सेवा प्रवाह बारे थप आशंका उब्जाएको छ ।
यसअघि पनि अस्पतालमा पुगेका बिरामीलाई नर्स तथा स्त्री रोग बिशेषज्ञ डाक्टरले अमर्यादित ब्यवहार गरी समयमा सेवा नदिएको भन्ने खबर सार्वजनिक भएको थियो ।