WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनेकतामा एकता, एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्दता भन्ने मुल नारा बोकेको ठकुरीहरूको विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले विस्वका विभिन्न ठाउमा २९७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै छ । नेपालमा रहेको केन्द्रिय कार्यलय, जिल्लाका शाखाहरू र बिदेश स्थित शाखाहरूको आयोजनामा पृथ्वी जयन्ती मनाउन लागेको संजालले बताएको छ ।
गोरखा दरबारमा भव्य कार्यक्रम
नागरिक समाज गोरखा सग हातेमालो गर्दै ठकुरी सहयोग संजालले गोरखा दरबारमा झाकी सहित भब्य रूपमा पृथ्वी जयन्ती मनाउदै छ । नागरिक समाज गोरखाको आयोजना र ठकुरी सहयोग संजाल केन्द्रिय कार्यलयको संयोजनमा हुने कार्यक्रममा हजारौ राष्टवादी नागरिकहरूको सहभागिता रहने छ । उक्त कार्यक्रममा आधा दर्जन भन्दा बढी बुद्धिजीवीहरूले आफ्नो मन्तब्य राख्नेछन भने ठकुरी सहयोग संजालको तर्फबाट संजालका सल्लाहकार तथा इतिहासका ज्ञाता परिवेश मल्ल ठकुरी र संजालका कार्यवाहक अध्यक्ष अजय मल्ल ठकुरीले कर्यक्रमलाई सम्बोधन गर्नेछन । ठकुरी सहयोग संजालले यो वर्ष गोराखाबाट राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्ने दाबी गरेको छ । गोरखाको कार्यक्रममा सहभागी हुन सयौको सङ्ख्यामा ठकुरीहरू अन्य जातिलाई पनि सहभागी गराउदै काठमाण्डौबाट गोरखा तर्फ प्रस्थान गरिसकेका छन । 
प्रदेश ५ को नेपालगन्जमा पनि हुनेछ भब्य कार्यक्रम
ठकुरी सहयोग संजाल बाके, प्रदेश नं. ५ र ६ को अयोजना तथा ठकुरी पत्रकार समाज नेपालको सहआयोजनामा नेपालगंजमा पनि पृथ्वी जयन्ती मनाइने भएको छ । नेपालगन्ज नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदाको समेत घोषणा गरिसकेको अवस्थामा नेपालगन्जको कार्यक्रम भव्य रुपमा सम्पन्न हुने संकेत देखिएको छ । नेपालगन्जको कार्यक्रममा छिमेकी जिल्ला ठकुरी सहयोग संजाल बर्दियाको पनि सहभागिता रहनेछ । पौष २७ गते दिउसो बिपी चोकबाट सुरु भएको र्याली धुम्बोजी चोकमा गएर कोण सभामा परिणत हुनेछ । शभालाई प्रदेश नं. ५ का प्रमुख संयोग जंग शाह, प्रदेश नं. ६ का प्रमुख दिपक शाही, ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह, ठकुरी सहयोग संजाल बाकेका अध्यक्ष दिपक बहादुर शाही लगायत स्थानिय बुद्धीजिवीहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । 
महोत्तरी, सिन्धुली, काभ्रे, पाल्पा, सल्यान, कैलाली, आछाम र बाजुरामा समेत पृथ्वी जयन्ती
ठकुरी सहयोग संजालका शाखा कार्यलयहरु रहेका हरेक जिल्लामा पृथ्वी जयन्ती मनाइने भएको छ । महोत्तरीको बर्दीबासमा ठकुरी सहयोग संजाल महोत्तरी शाखाको आयोजनामा पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उहाको सम्मान गरिने छ । त्यसैगरि सिन्धुली शाखाले कमलामाई नगरपालिकामा पृथ्वी जयन्ती मनाउदै छ भने ठकुरी सहयोग संजाल काभ्रेको आयोजनामा बनेपामा पृथ्वी जयन्तीको कार्यक्रम रहेको छ । ठकुरी सहयोग संजाल पाल्पाले पाल्पाको रामपुरमा, सल्ल्यान शाखाले सल्यानको श्रीनगरमा, शाखा स्थापनाको तयारी गरिरहेका कैलालीका अभियान्ताहरुले कैलाली जिल्लाको घोडाघोडीमा, आछाम शाखाले मंगलसेनमा र बाजुरा शाखाले मातर्डीमा पृथ्वी जयन्तीको दिन कार्यक्रम राखेको जानकारी ठकुरी सहयोग संजालले गराएको छ ।
काठमाण्डौमा पनि कार्यक्रम
ठकुरी सहयोग संजाल केन्द्र गोरखाको कार्यक्रममा हातेमालो गर्दै सहभागी हुन गएता पनि काठमाण्डौमा समेत पृथ्वी जयन्ती मनाउने कार्यक्र संजालले राखेको छ । गोरखा जान नसक्नेले काठमाण्डौमै सहभागी बनेर राष्ट निर्मातालाई सम्मान गरुन भन्ने उदेश्य अनुरुप काठमाण्डौमा कार्यक्रम राखिएको हो । संजालका केन्द्रिय सदस्य रिद्धीराज शाही र उपत्यका इन्चार्ज हिमाल मल्लले काठमाण्डौको कार्यक्रमलाई अगुवा गर्नेछन् । काठमाण्डौ कार्यंक्रम अन्तर्गत शुक्रबार बिहान ९ बजे सिंहदरबार स्थित पृथ्वी नारायण शाहको शालिमा जम्मा भै माल्यापण गर्ने र उहाँलाई सम्मान प्रकट गर्ने कार्यक्रम रहेको छ । 
संयुक्त अरब इमिरेट्सको दुबइमा पनि पृथ्वी जयन्ती
गत वर्ष जस्तो यो वर्ष पनि ठकुरी सहयोग संजाल यु.ए.ई ले पृथ्वी जयन्ती मनाउने कार्यक्रम राखेको छ । यु.ए.ई को बर दुबईको सिल्भर रेष्टुरेण्टमा शुक्रबार दिउसो १२ बजे पृथ्वी जयन्तीको कार्यक्रम रहेको छ । कार्यक्रममा प्रमुख अथितीको रुपमा सहभागी हुन ठकुरी सहयोग संजाल केन्द्रका कोषाध्यक्ष शुशिल हमाल दुबई पुगिसकेका छन् । दुवईको कार्यक्रमलाई प्रमुख अथिती हमाल, संजालका केन्द्रिय सल्लाहकार तथा यु.ए.इ. का संरक्षक नरेश सेन, बिदेश विभाग प्रमुख रामु शाही ठकुरी, सल्लाहकार लोकेन्द्र बम, विश्वदेव शाह, अध्यक्ष भिम मल्ल, बरिष्ठ उपाध्यक्ष दिपक शाही लगायत अन्य यु.ए.इ. स्थित अन्य संघ संस्थाका प्रतिनिधीहरुले पनि संवोधन गर्नेछन् । ठकुरी सहयोग संजाल यु.ए.इ ले अन्य जातीहरुलाई समेत सहभागी गराएर समाजमा जातिय सदभावको सुगन्ध थप्दै २९७ औ पृथ्वी जयन्ती मनाउदै छ । 
कतारको कार्यक्रम पनि उत्साहपुर्ण
ठकुरी सहयोग संजाल कतार शाखाले पनि २९७ औ पृथ्वी जयन्ती उत्साहपुर्ण तरिकाले मनाउने भएको छ । यस अघि राष्ट निर्माताको सम्मानमा पौष २७ गते सार्वजनिक विदा दिन र राष्टिय एकता दिवस मनाउन सरकारलाई दवाव सिर्जना गर्ने हेतुले कतार स्थित नेपाली दुतावसमा ज्ञापन पत्र बुझाएको कतार शाखाले शुक्रबार दिउसो १२ बजे दोहाको सनैया ११ नं. रोड स्थित केरला रेष्टुरेण्टमा पृथ्वी जयन्तीको कार्यक्रम राखेको छ । कतारको कार्यक्रमलाई ठकुरी सहयोग संजाल कतारका अध्यक्ष कृष्ण शाह र महासचिव विवेक मल्ल लागायतले संवोधन गर्नेछन् । 
अमेरिकामा हुनेछैन कार्यक्रम तर किन ?
ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाह यतिवेला संयुक्त राज्या अमेरिकामा रहेता पनि त्यहाँ पृथ्वी जयन्तीको अवशरमा संजालको कुनै कार्यक्रम रहेको छैन । अमेरिकमा ठकुरी सहयोग संजाल गठनको प्रकियामा रहेकोले त्यँहा संजालले कार्यक्रम गर्न नसक्ने जानकारी गराइएको छ । अध्यक्षले शाहले पृथ्वी जयन्तीको अवसरमा विश्वव्यापी रुपमा ठकुरी सहयोग संजालले आयोजना गरेको कार्यक्रममा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिनुका साथै आफु न्युयोर्क मा आइतबार नेपाली समुदयाले गर्ने पृथ्वी जयन्तीको कार्यक्रमा सहभागी हुने बताए ।