समाजमा जातिय सदभाव कयम गर्दै ठकुरीहरूलाई एकीकृत गर्ने र परेको बेला जातियता भन्दा माथी उठेर परोपकारी कार्य गर्ने ठकुरीर्हरूको एक मात्र विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले बर्दियामा पनि आफ्नो शाखा बिस्तार गरेको छ । शनिबार बर्दियाको बढैयाताल गाउँपालिका इकाई कमिटी गठन गरिएको हो । स्थानिय खेमकुमार मल्लको अध्यक्षतामा संजालको तदर्थ कमिटी गठन भएको हो । कार्यक्रममा सञ्जालका प्रदेश नम्बर ५ का संयोजक संयोगजंग शाह, प्रदेश नम्बर ६ का संयोजक देब शाही, ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुणा शाह लगायत ठकुरी सहयोग संजालका अन्य पदाधिकारी हरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ८० बर्षिय जय बहादुर मल्ललाई सम्मान पनि गरिएको छ । श्यामु सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कारर्यक्रममा सहभागीहरूले ठकुरी भाषा र संस्कृतिको पहिचानमा जोड दिदैं आपसमा भाईचारा सम्बन्ध कायम हुनुपर्ने बताएका थिए ।
स्थापनाकै दिन ठकुरी सगयोग संजाल बढैयाताल बर्दियाले परोपकारी कार्यको सुरूवात समेत गरेको छ । संजाल बाके साखा सग मिलेर बढैयाताल संजालले भारतमा मजदुरीका क्रममा खुट्टा भाँच्चिएका ४१ बर्षिय टेकबहादुर परियारलाई १० हजार रूपैया आर्थिक सहयोग गरेको छ ।बर्दिया सगै ठकुरी सहयोग संजाल देशका दुई दर्जन बढी जिल्लाहरू बिदेशमा समेत बिस्तार भैसकेको छ ।