बर्दिया जिल्लाका ८ वटै स्थानिय तहले आफुहरुका गुनासोलाई सुनुवाई नगरेको कुखुरा पालक ब्यवासायि किसानले आरोप लगाएका छन । बिहीबार गुलरियामा पत्रकार सम्मेलन गरी कुखुरा पालक ब्यवासायि किसान संघ बर्दियाले आफना मागहरु सार्वजनिक गर्दै यस्तो आरोप लगाएका हुन ।
कुखुराको दाना सप्लार्स गर्ने पसलले मन रुपमा मुल्य वृद्धि गरेको, फ्रेस हाउस जति सबै करको दायरामा नआएको तथा जहाँ पायो त्यही कुखुरा काटी मापदण्ड विपरित अस्वस्थकर मासु विक्री वितरण गर्दै आएकोे, खरिद तथा विक्री मुल्यमा पनि एकरुपता कायम नगरिएको उनीहरुले बताए ।
सिमाक्षेत्रबाट भित्रीने बोइलर कुखुराको नियन्त्रणका लागी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट गरिएका पहलले केही आसा जगाएको भएता पनि स्थानीय तहहरुको बेवास्थाले आफुहरु मर्कामा परेको ब्यवासायि किसानले जानकारी गराए । कुखुराको खरिद तथा विक्री मुल्य समायोज गरी आफना मागलाई सम्बोधन गर्न आग्रह गर्दै त्यसो नगरिए आगामी पौष १ गतेबाट देशब्यापी रुपमा कुखुराको खोरमा काँटा लागु गरी मुल्य निर्धारण गर्ने चेतावनी पनि दिए ।
साथै कुखुरा पालक ब्यवासायि किसानले बर्दिया जिल्लालाई कुखुराको मासु र अन्डामा आत्मर्निभर बनाउन आफुहरु तयार रहेको पनि दाबी गरेका छन । अध्यक्ष महेश कुमार शाहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव खड्क बहादुर केसीले संघको तर्फबाट आफना मागका बारेमा जानकारी गराएका थिए ।