अनलाईननेपालगंज डटकम :
परदेशमा बसेर भए पनि नेपाली गीत संगीतमा राम्रो दख्खल दिइरहेका गीतकार राजेश अर्यालको नया गीतको रेकर्डिङ कार्य सकिएको छ | उनको यस नया गीतको रेकर्डिङ अमेरिकामा नै भएको हो | उनको आफ्नै शब्दमा तयार भएको गीतमा सोम सुब्बाले स्वर दिएका छन् | अब यो गीत पनि छिट्टै नै बजारमा लिएर आउने विश्वास उनले ब्यक्त गरेका छन् | एक पछि अर्को गीत सिर्जना गर्ने र दर्शक श्रोताको लागि तयार गर्ने काममा उनि निकै ब्यस्त रहेका छन् |
केहि दिन अगाडी मात्र उनको शब्दमा तयार भएको रोमान्टिक भर्सनमा तयार भएको “जुनी भरी संगै जिउँला” बोलको गीत रिलिज भएको छ | उनको यस गीतमा भूपू पाण्डेको संगीत र अरेन्ज रहेको छ भने नायक दयाहाङ राईको श्रीमती बेनुका राई र गायक भूपू पाण्डेले नै गीतमा स्वर समेत भरेका छन् | गीतको शैली फरक छ भने सुन्दा आनन्द पनि लाग्छ | प्रेमभाव समेटेर यो गीत तयार भएको छ | गीतले अहिले युटुबमा राम्रो गति लिइरहेको छ | धेरैले गीतलाई मनपराएर प्रतिक्रिया पनि दिइरहनु भएको देखिएको छ |
लामो समय देखि अमेरिकामा बसेता पनि राजेशको मन भने नेपालमा नै रोकिएको छ | उनको धेरै गीत बजारमा आईसकेको छ | अधिकांश उनका गीत सफल पनि भएका छन् | यस हिसाबले उनको एक किसिमको परिचय भने नेपाली गीत संगीतमा बनिसकेको छ | आगामी दिन आफ्नो क्षेमतालाई बढाउदै लिएर जाने र नया स्वादको अनुरुप फरक गीत सिर्जना गरेर दर्शक श्रोताको लागि पेश गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |
हेर्नुस भिडियो :