काठमाडौं । पछिल्लो समय पुर्विय सस्कृति नेपालमा भित्रिएसंगै वन जगंल, खोला नाला मात्र हरियो हैन यतिवेला शहर वजार पनि हरियो नै हरियो भएको छ , प्रतिफल श्रावण महिना सुरु भएसंगै काठमाडौं लगायत बाकेको नेपालगञ्ज , कैलालीको धनगढि , मोरङ को विराटनगर , वीरगंजको जनपुरधाम लगायता व्यस्त शहरमा साउने चहल पहल निकै वाल्किलएको छ ।
अन्य महिनालाई खासै महत्व नदिने हिन्दु नारिहरुले असारे मासको दवदबे हिलो पखाल्दै साउन महिनालाई एक पर्व र उत्साहका रुपमा लिदै हातमा हरियो चुरा र मेहंदीलाई विशेष महत्वका साथ प्रयोग गर्ने गरेका छन ।
समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतीसंगै नेपाली नारीहरुले हरियो चुरा, पोते, हरियै बस्त्र, हातमा मेहन्दी लगाउने चलन पनि पछिल्ला वर्र्षहरुमा बढ्दै आइरहेको छ ।
काठमाडौंको न्युरोड, पशुपति मन्दिर क्षेत्र गौशाला, सुनधारा लगायत ठाउंं र देशमा मुख्य वजारमा बाटोमा नै मेहंदी लगाउनेको चाप निकै छ ।साउन महिना बिशेष गरी हरियो चुरा, मेहंदी तथा हरिया वस्त्रहरुको लगाइने महत्वपुर्ण महिनाको रुपमा पछिल्ला केही समयदेखि परिचित हुदै आएको छ ।
साउन महिनामा कोहि कसैले पतिको दीर्घायुसँग जोड्ने गर्दछन् भने कोहि सन्तानको सुखद भविष्य सँगपनि यसलाई जोड्ने गर्दछन् । पौराणिक कथा अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ ।
पार्वतीले साउन महिना भरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले यो महिना भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिइन्छ । श्रावण महिनामा भगवान् शिवको पूजा गरी ॐ नमः शिवायः को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । अराध्यदेव महादेव खुसी हुने, सदा कृपा बनाईराख्ने र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
त्यसैले श्रावणको सोमबारलाई विषेश बारका रुपमा नेपाली चेलीहरुले लिने गरका छन लिइन्छ । श्रावणको सोमबार नेपालको लाखौं तीर्थयात्रु भारतको बैद्यनाथ धार्मिक स्थलमा भ्रमणका लागी जाने गरेका छन् । त्यस्तै विभिन्न मन्दिरहरुमा शिवका भक्तहरु बोलबम जाने प्रचलन पनि छ । श्रावण महिनामा शिवको आराधना, पुजा, ब्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा विहानै देखि दर्शनार्थिहरुको भिडभाड देख्न सकिन्छ ।
पछिल्लो समयमा भने श्रावण महिनाको मुख्य रौनक अर्थात् आकर्षण नै हरियो चुरा तथा सोमबारे ब्रत नै हो । श्रावण महिनाको सोमबारको ब्रत बसे अविवाहिताले राम्रो वर पाउँछन् भन्ने जनविश्वास पनि नेपाली समाजमा उत्तिकै पाइन्छ र विवाहिताहरुमा श्रीमान् श्रीमतिबिचको सम्बन्ध सुमधुर र प्रगाढ बनाउन यसले सहयोग गर्दछ भन्नेहरु पनि उत्तिकै छन् ।
केहि दशक अगाडीसम्म भने श्रावण महिनामा ब्रत बस्ने, हरियो चुरा तथा मेहंदी लगाउने चलन नभएको बुढापाकाहरुको भनाइ रहेको छ ,तर अहिले पनि कतिपय ग्रामीण भेगका महिलाहरुले श्रावण महिनालाई खासै महत्वका साथ नहेरे पनि शहर बजारमा भने यसलाई दिन प्रतीदिन फेसनकै रुपमा लिने् गरिएको छ ।
वातावरणीय दृष्टिकोणले पनि श्रावण महिना बढि पानी पर्ने र सबैतिर हरियाली छाउने महिना हो । हरियो रङ्गलाई आनन्द र वातावरणको प्रतिकको रुपमा लिइन्छ भने हरियो चुरालाई हिन्दु नारीहरुको सौभाग्य र हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा लिइन्छ ।
मेहेन्दीलाई नारीको सौन्दर्यको साधनका रुपमा लिइन्छ । मेहेन्दी लगाएपछि हात सुन्दर देखिएकोले पनि महिलाहरु मेहेन्दी लगाउनतर्फ बढि आकर्षित भएको मेहंदी व्यापारीहरु बताउछन। यो महिनाभरि कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी लगाउने र हरियो तथा पहेँलो चुरा लगाउनेहरुको घुइँचो लाग्ने गरेको नेपालगञ्ज घरवारी टोलका स्थानिय व्यापारी रुपा यादव बताउछिन् ।
पछिल्लो समयमा नेपालका विभिन्न परम्परागत संस्कृतिहरु लोप हुँदै जान थालेका छन् तर श्रावणमा लगाउने हरियो चुरा, मेहन्दी तथा हरिया वस्त्रहरु लगाउने कार्य परम्परागत संस्कृति नभएपनि महिलाहरुले विषेश महत्वका साथ मनाउने गरेका छन् । वा यसले विस्तारै परम्परा र सँस्कृतिकोरुप ग्रहण गर्दै गैरहेको छ । धार्मिक संस्कृति भन्दा पनि देखासिकी र फेशनको रुपमा मौलाउँदै गएको छ श्रावण महिनामा हरियो चुरा, मेहन्दी, र हरिया वस्त्र लगाउने प्रचलन ।
विवाहिता महिलाहरु मात्रै होइनन्, अविवाहित स्त्रीहरुदेखी बालीका तथा वृद्धाहरुले समेत हरियो चुरा र मेहेन्दी लगाएको देखिन्छ । धेरैजसो महिलाहरुलाई भने आफुले लगाएको हरियो चुरा तथा मेहंन्दीको महत्वका विषयमा समेत जानकारी छैनन ।
त्ययो त नारी र चुराको सम्बन्ध परापूर्वकालदेखि चलेको हो । चुरा नारीको गहना पनि हो । तर अर्काको देखासिकीले धेरै नारीहरु आफ्नो हैसियत भन्दा पनि धेरै महंङ्गा चुरा पोतेहरु लगाउने प्रचलन नेपाली समाजमा क्रमश बढ्दै गएको काठमाडौंको सुन्धारामा अवस्थित काठमाडौं मलको चौथो तलामा फेसन हाउसका संचालक सुष्मा महरा बताउछिन ।
धर्मकर्ममा विश्वास भन्दा पनि पछिल्ला दिनहरुमा महिलाहरुले यसलाई फेशनको रुपमा अगाडी बढाएका छन् । यो संस्कृती होइन विकृती हो भन्ने समुदाय पनि हामि कहा प्रसस्त भेटिन्छन् । यसलाई भारतबाट छिरेको कुसंस्कार भनि परिभाषित गर्नेहरु पनि छन् ।
त्यसैले पनि पछिल्लो समयमा श्रावणमा लगाउने हरियो चुरा, मेहन्दी तथा हरिया परिहरन देखाउने संस्कृति फेशन बन्न थालेको सहजै अनुमान गर्न सकिन्छ । समाजमा दिनप्रतिदिन बढ्दै गएको यस्तो फेशन तथा देखासिकीले विभिन्न विकृतिहरु भित्रयाएको छ ।
आफ्नो आर्थिक अवस्था भन्दा माथी उठेर अर्काले गरेको वा लगाएको देख्दैमा आफुलाई पनि त्यहि गहना तथा वस्त्रहरुको माग गर्ने महिलाहरु पनि उत्तिकै भेटिन्छन् हामो समाजमा । यसले कत्तिपय अवस्थामा पारिवारिक र आर्थिक जटिलताहरु समेत निम्तने गरेका छन् । अर्कोतर्फ महादेव जस्तै पति पाँउ भन्ने आस्था राखेर होस् अर्थात् पतिको दिघार्युको कामनाका लागी पानी समेत नखाइकन बसेको ब्रत, यसले व्यवहारिक जीवनमा कत्तिको प्रभाव पारेको छ त्यो भने आम महिलाहरुले बुझ्न जरुरी छ ।
किनकी हरियो चुरा वा मेहन्दी लगाउने तथा श्रावणको ब्रत बस्ने महिलाहरुमा पारिवारिक सम्बन्ध सुमधुर भएकै हो वा हुने हो भने त महिला हिंसाका घटनामा पनि कमि आउनुपर्ने । त्यसैगरी पारिवारिक विखण्डन र सम्वन्ध विच्छेत जस्ता घटनाहरुमा घट्दै जानु पर्ने रु तर व्यवहारिक रुपमा भने त्यस्तो पाईँदैन ।
किनकी पछिल्लो समयमा पारिवारीक विमेलताकै कारण महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । धार्मिक विश्वास कै आधारमा यो सब गरिएको हो भने त यसले व्यवहारिक जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्नुपर्ने । तर यस्तो भने देखिँदैन ।
हुन त कहिलेकाँहि पेट खाली राख्नु स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजन मानीन्छ तर पानी समेत नखाईकन ब्रत बस्नुले वास्तमै पनि शरिरलाई फाइदा गर्दैन ।यस्तो देखाउने प्रचलनले महिला महिला बिचमा समेत द्धन्द्धात्मक स्थिती पैदा गर्न सक्छ ।
त्यसैले पनि यस्ता चाडपर्वको नाममा सुनका गरगहना, भड्कीलो शृङ्गार, त्यस्तै उच्च मुल्यका कपडाहरु लगाउने अभ्यास चाँही साह्रै नराम्रो पक्ष हो । यसले हाम्रो मौलीक संस्कृतिलाई आझेलमा पार्दछ । परम्परालाई जोगाउने भन्दैमा अरुको देखासिकीका लागी तडकभडक गर्नुभन्दा पनि ‘घाँटी हेरी हाड निल्नु’ भन्ने तथ्यलाई व्यवहारमा लागु गरि संस्कृतिको जगेर्ना गर्नेतर्फ लाग्नु नै सबैभन्दा उत्तम हुन्छ ।
साउनमा मेहंदीअर्कोतर्फ धार्मिक संस्कृतिलाई यसरी फेशन र देखासिकीसँग दाँज्नु भन्दा पनि विकृतिहरु नभित्रयाइकन सँस्कृतिको जगेर्ना गर्नतर्फ नै आम महिलाहरु उत्प्रेरित हुन जरुरी देखिन्छ ।