काठमाडौँ । मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५:३५ मा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ । अस्पतालले जारी गरेकाे विज्ञप्ती अनुसार उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखी १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ ।
विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए। उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी थियो।