WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नया नाटक ‘झिमिक झिमिक झ्याप्प’ मन्चन हुँदैछ। जेठ 29 गतेबाट नियमित मन्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ‘ब्ल्याक कमेडी’ मा अाधारित भई नेपालीकरण गरिएकोछ। थिएटर भिलेजमा अाबद्द रहि नियमित अभिनय र निर्देशन गरिरहेका दिलिप रानाभाटको निर्देशनमा तयार भएको यस नाटक असार तीनसम्म नियमित मन्चन हुनेछ।
अाफ्नी प्रेमिकाको बाबू र एउटा धनाढ्य अार्ट कलेक्टरलाई ईम्प्रेस गर्नको लागि एउटा युवा कलाकारले साथीको कोठाबाट साथीका दुर्लभ र महँगा समाग्री चोरेर ल्याउँछ।उसको घरमा एक्कासी बत्ती जान्छ।त्यसपछि नाटकमा जे जति रोमान्चक घटना घट्छन्,ती सबै अँध्यारोमै घट्छन् ।
अाजको समाजमा अाधुनिकताको खास्टो अोढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् र त्यसले गर्दा सम्बन्धहरु कसरी भत्किरहेका छन् भन्ने कुरामा नाटक केन्द्रित छ। मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनितीको कस्तो भुमिका रहेको छ भन्ने कुरालाई नाटकले कलात्मक ढंगले प्रस्तुत गरेको छ।
अायुष्ना गिरी,एच के अधिकारी,प्रशंसा पौडेल,सन्देश ले मोटे शाक्य,अायुष्मान प्याकुरेल,प्रस्तुति भट्टराई,श्रवण कुमार राना र बिपिन रिमालको अभिनय रहेको यस नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी रहेका छन् । उमेश तामाङको प्रकाश रहेको यो नाटकलाई दिलिप रानाभाट र अालोक लम्सालले अँग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन्।