WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
के.पी ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरुद्धमा यति बेला देशभर नै विरोध भईरहेको छ । जनतालाई यसरी मारमा पार्ने भन्दै देशभरका युवाहरुले वर्तमान सरकारको यस कदमको घोर भर्त्सना गरेको छ ।

यसै बीच नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला समितिले पनि के.पी ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरुद्धमा मध्यपुर थिमीमा मसाल जुलुसको साथमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ भक्तपुर जिल्लाका अध्यक्ष बद्री राम थापाको नेतृत्वमा उक्त मसाल जुलुस अगाडी बढेको थियो ।

मसाल जुलुस पछि भएको कोण सभालाई सम्बोधन गर्दै गर्ने नेपाल विद्यार्थी संघ भक्तपुर जिल्लाका अध्यक्ष बद्री राम थापा, नेपाल विद्यार्थी संघका नेता बिश्वो थापा लगायतका अरु नेताहरुले समेत मन्तव्य राखेका थिए । यस्तै कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ भक्तपुर जिल्लाका अध्यक्ष बद्री राम थापाले के.पी ओली सरकारको मनोमानी र तानासाही प्रवृति यति बेला सारा जनताले हेरिरहेको र यसको गतिलो झापड आगामी चुनाबमा जनताले नै के.पी ओली सरकारलाई हान्ने समेत बताए ।

यस्तै उनले वर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थमा यो मूल्यवृद्धि तुरुन्तै फिर्ता नगरे अझ ठुलो सडक आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । यस्तै उनले जनताको हक अधिकार र जीवन यापन माथि समस्या खडा गरे ठुलो क्षेति भोग्नु पर्ने भन्दै वर्तमान सरकारलाई चुनौती समेत दिएका छन् । यस्तै मसाल जुलुस र विरोध सहित जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुखलाई नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला समितिले तुरुन्त आफ्ना माग पुरा गर्न भन्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
https://www.facebook.com/nabaraj.bhattarai.9256/videos/2024424011102622/
https://www.facebook.com/murlock.crestha/videos/2002795660038420/