काठमाडौं, २० जेठ । नेपाल प्रहरीको २८ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरिक्षक (एसपी) बढुवा सिफारिसमा परेका छन् । नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिसमा गरेका हुन् ।
बढुवाको अग्रस्थानमा परेका अच्युत पुडासैनी र प्रताप गुरुड रहेका छन् । उनीहरुले आगामी कात्तिक महिनामा अवकाश पाउँदैछन् ।
त्यसपछि बढुवा सिफिारिसमा परेको डिएसपी विश्व अधिकारी आफनो ब्याचमा पहिलो नम्बरमा छन् । २०५६ साल असार ३ गते इन्सपेक्टरमा भर्ना भएको फ्रेस टोलीमध्य सानुराम भट्टराई दोस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत छन् ।
यसअघि २८ रिक्त पदमा ४८ जना प्रतिस्पर्धी हुँदा बढुवा लम्बिएको थियो ।