काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।
आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संघीय संसदलाई जानकारी गराउँदै उनले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पारे ।