बैशाख २९, काठमाण्डौ । यस वर्षको एन.एफ.डी.सी. उत्कृष्ठ अभिनेत्री अवार्ड बिजेता नायिका बेनिशा हमाल शनीबार बिहानै एका–एक बागमतीमा हाम फालेकी छिन् । बागमती सरसफाई महा अभियानको २६१ औ हप्ताको अवसर पारेर आज राजधानीको शंखमुल स्थित आर्ट अफ लिभिङ गार्डेन नजिकको कार्यक्रममा सहभागी हुन नायिका हमाल त्यँहा पुगेकि थिइन ।
ठकुरी सहयोग संजालको प्रतिनिधित्व गर्दै बेनिशा बागमती सरसफाई अभियानमा पुगेकी हुन । शव्दमा होइन कर्ममा विश्वास गर्ने ठकुरी सहयोग संजालको मुल मन्त्रलाई आत्म साथ गदै बेनिशा ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाहसंग बागमती नदिमा पसेर सरसफाईमा जुेटेकी थिइन् । ठकुरी सहयोग संजालको रातो टिशर्टमा बागमतीमा होमिएकी बेनिशाले हिलो मैलो नभनि मन लागाएर बागमती सफाई गरेकी छन् । सफाई पश्चातको कार्यक्रमा बोल्दै उनले बागमती सफाई गर्ने जिम्मेवारी हामी सबैको रहेको बताइन् । साथै आफु दोस्रो पटक बागमती सफाईमा पुगेको उनले दिइन ।
बागमती सरसफाई अभियानमा अधिकार संम्पन्न बागमती सरसफाई समिती, नेपाल सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, मुक्तिनाथ बिकास बैक, पहिलो पाइला लागायत दर्जनौ संघसंस्थाहरु पाँच वर्ष देखि हरेका शनीबार जुटिरहेका छन् । आज मात्र करिव १० मेट्रिक टन फोहोर संकलन गरि ब्यबस्थापन गरिएको अभियानका अभियान्ता किशोर सिंह शाहीले जानकारी दिनु भयो ।
ठकुरी सहयोग संजालले बागमती सरसफाई अभियान संग २५९ औ हप्ता देखि हातेमालो गर्दै आइरहेको छ । हरेका शनीबार सरसफाईमा जुट्ने प्रतिवद्दता जनाएको छ ।