WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
नेपाल विद्यार्थी संघ भक्तपुर जिल्लाको अध्यक्षमा बद्रीराम थापा नियुक्त भएका छन् । ने.वि संघको ११ औं महाधिवेशनमा विवादित भनिएको ११ जिल्ला मध्य भक्तपुरले महाधिवेशनमा अध्यक्ष पद रिक्त रही भाग लिएको थियो ।

ने. वि संघ केन्द्रीय अध्यक्ष नैन सिंह महरले यहि बैशाख ७ गते भक्तपुरको अधिवेशन गर्न भनि ने.वि संघ केन्द्रीय सदस्य मनिष जंग थापा प्रतिनिधि पठाएकोमा प्रतिनिधि थापाले नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति नारायण भक्त खयामली र चारै नगर सभापति एवं ने.वि संग पुर्व केन्द्रीय सदस्यहरु संगको बृहत छलफल पश्च्यात बद्रीराम थापालाई जिल्ला समिति विस्तार गरि संगठन सुदृढिकरण गर्न बैशाख २४ गते अर्थात् आज ने.वि संघ भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारी दिएका छन् ।


ने. वि संघ भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरे संगै अध्यक्ष बद्रीराम थापाले जिल्लामा रहेका सम्पूर्ण ने.वि संघको भावना समेट्दै संगठन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।