नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमिति चयनका लागि आज देशभरी निर्वाचनको भईरहेको छ । अधिकांश ठाँउमा प्रमुख संगठनहरुकाबीचमा तालमेल भएकाले मतदान गर्नु परेको छैन भने केही ठाँउमा विहान देखि मतदान सुरु भएको छ ।
मुख्य गरेर प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरकाबीचमा तालमेल भएकाले अधिकांश ठाँउमा निर्विरोध कार्यसमिति चयन भएको छ ।
पत्रकार महासंघले सात प्रदेशसँगै काठमाडौ उपत्यका समिति र प्रतिष्ठान समितिलाई पनि प्रदेश समिति सरह मानेको छ ।
काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरको जिल्ला शाखामा सदस्य भएकाहरुले उपत्यका समिति चयन गर्नेछन् ।
उपत्यका समिति चयनका लागि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा संचार ग्राममा मतदानको व्यवस्था गरिएको छ भने अन्य प्रदेशका लागि संवन्धीत जिल्लामै मतदानको व्यवस्था मिलाइएको छ ।
नयाँ विधान अनुसार प्रदेश समिति गठनका लागि प्रदेश पार्सद मात्र नभई सवै साधारण सदस्यहरुले मतदान गर्न पाउनेछन् ।