काठमाडाैं । ७ बैशाख – विश्वमा कयौँ क्रुर शासकहरुले शासन गरिसकेका छन् । उनीहरु मान्छेलाई दया माया नै नगरी हत्या गर्ने गर्दथे । तर विश्वमा एउटा यस्ता व्यक्ति पनि रहेका थिए, जसलाई मानिसहरुले मान्छे नै मान्दैनथे । किनकि उनी मानिसलाई मारेर उनीहरुको मासु खाने गर्दथे ।
युगाण्डाका तानाशाही राष्ट्रपति ईदी अमीनलाई मानिसहरु आजसम्म पनि एउटा क्रुर शासकका रुपमा सम्झिने गर्दछन् । राष्ट्रपतिका रुपमा करिब ८ बर्षसम्म शासन गरेका यि व्यक्तिले मानिसहरुमा अधिक मात्रामा अपराधिक क्रियाकलाप र क्रुर व्यवहार गरेका थिए । यति मात्र नभई उनले आफ्नो शासन कालमा ६ लाख भन्दा बढी मानिसहरुको ज्यान लिएका थिए ।
हरेक सुन्दर र राम्रा केटीहरुलाई उनी आफूप्रति लालायित बनाउने गर्दथे । उनी मानिसहरुको हत्या गर्नका लागि कुनै प्रकारका हतियारको प्रयोग गर्दैनथे । उसले कयौँ मानिसहरुलाई जिउँदै जमिनमा गाडिदिएका थिए भने बाँकी भएका मानिसहरुलाई भोकाएको गोहीलाई खुवाउने गर्दथ्यो ।
यि राष्ट्रपति अरु शासकभन्दा त्यसैले पनि क्रुर रहेका थिए, किनकि उनी मान्छेको मासु खान मन पराउने गर्दथे । अरु शासकहरु भने मानिसलाई मारेर त्यत्तिकै छोडिदिने गर्दथे । तर उनी मानिसलाई मारेर त्यसलाई काटेर खाने गर्दथे । यति मात्र नभई उसको फ्रिजबाट मानिसको काटिएका कयौँ टाउको बरामद भएको थियो । यहीँ कारणले अमीनलाई ‘म्याड म्यान अफ अफ्रिका’ पनि भनिन्थ्यो ।
उनको फ्रिजमा मान्छेको टाउकोका साथ अन्य अंगहरु पनि भेट्टिएका थिए । त्यसैले पनि उनी अधिक मात्रामा मान्छेको मासु खाने गर्दथे भन्ने कुराको अन्दाज लगाउन सकिन्छ । उनको मृत्यु सन् २००३ मा भएपनि उनको क्रुरताको चर्चा आज पनि हुने गरेको छ ।
साभार : nepal journal