दाह्री ग्याङगले काठमाडौंको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम गरेको छ । विभिन्न सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको दाह्री ग्याङगले आज युवा वर्ग माझ देशैभरी गरी करीब १ हजार जति टिसर्ट विक्रि गरेको जनाएको छ ।
जसमा एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखीएको थियो भने उठेको रकम सामाजिक कार्यमा नै खर्च गरिने दाह्री ग्याङका संस्थापक सदस्य जगदिश भण्डारी बताउनुभयो ।
“रंगीएर रंगीन यि थरिथरिका रंगहरु माझ, दारी ग्याङ्गको यो रगंको उत्सव प्रियजनहरु माझ” भन्ने मूल नाराको साथमा बिशेष कार्यक्रम सम्पन्न गरेको हो ।
दारी ग्याङमा आवद्ध युवा विपुल पाण्डेले युवा पुस्ताहरुले संस्कृती जगेर्ना गर्न चालेको कदमबाट आफु निकै खुशी भएको भन्दै यसले आपसी भाइचाराको सम्बन्धलाई अझै बलियो बनाउने विश्वास ब्यक्त गर्नुभयो ।