काठमाण्डौ, वैषाख १, विश्व ठकुरी समुदायको साझाथलो ठकुरी सहयोग सञ्जालको संयुक्त अरब इमिरेट्स साखाको अध्यक्षमा पाल्पाका भिमबहादुर मल्ल निर्वाचित भएकाछन् । हिजो शुक्रबार दुबई स्थित बरदुबईमाभएको सञ्जालको प्रथम अधिवेशनले मल्ललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
काठमाण्डौमा केन्द्रिय कार्यलय रहेको ठकुरी सहयोग सञ्जालले विश्व भरिका ठकुरीहरुलाई एकिकृत गर्ने उद्धेस्यले देशका जिल्ला तथा ठकुरीहरुको बस्ती रहेका प्रवासमा समेत शाखाविस्तार गर्दै आइरहेको छ । यु.ए.ई. शाखा,प्रवासको दोस्रो शाखाहो , यस अघि ठकुरी सहयोग सञ्जाल कतारको स्थापना भैसकेको छ । यु.ए.ई.मा रोजगारको शिलशिलामा करिब तीन सय ठकुरी रहेको जानकारी नवनिर्वाचित अध्यक्ष मल्लले दिए ।
यु.ए.ई. को नवनिर्वाचित कार्यसमिती २२ सदस्यि रहेको छ । बरिष्ठ उपाध्यक्षमा कोहलपुरका दिपक शाही निर्वाचित भएका छन् ।
उपाध्क्षहरुमा सि.एन. चन्द र दिनेश मल्ल ठकुरी, त्यसैगरी महासचिव, सचिव र सहसचिवमा क्रमसःजिवन सिंह ठकुरी, दिनेश मल्ल र जितु उचाई ठकुरी रहेका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्मेवारी सारदा शाह र चन्दाशाही सेनले पाएकाछन् । सदस्यहरुमा त्रिलोचनचन्द, सुरज शाह, सुनिल जंग मल्ल, हिमाल जंग शाही, लोक बहादुर बंशी, तप्तबहादुर शाही, राम सेन ठकुरी, मिना शाही, नरेश सेन ठकुरी, पूर्ण बहादुर शाही, बलिन्द्र मल्ल, विश्व बम मल्ल र अरुणबिक्रमशाहनिर्वाचितभएकाछन् ।
ठकुरी सहयोग सञ्जालका केन्द्रिय सल्लाहकार एवं शिलेट ट्राभल एण्ड टुर्सका संचालक नरेश सेन ठकुरीको संरक्षकत्वमा रहेको यु.ए.ई साखाले ७ सदस्यि सल्लाहकार समितीपनि चयन गरेको छ । सल्लाहकार समितीमा बरिष्ठ सल्लाहकार तर्फ सन एण्ड मुनट्राभलका संचालक लोकेन्द्र बहादुर बम र सल्लाहकारहरु तर्फ विश्व देव शाह, तारा मल्ल, केभिन जंगशाही, गगनशाही, भिम हमाल र लेम मल्ल रहेका छन् ।
प्रथमअधिवेशनका लागी नेपालबाट ठकुरी सहयोग सञ्जालका केन्द्रिय अध्यक्ष रेशम जंग शाहको साथमा सल्लाहकार कविता शाह र उपत्यका इन्चार्ज हिमाल मल्ल दुबइपुगेका थिए । कार्यक्रमका प्रमुखअथिती शाहले अधिबेशनलाई सम्बोधनगर्दै विदेशमा बस्ने नेपालीहरुलाई मिहेनती मौरीको संज्ञा दिए । शाहले भने “हजुरहरु भनेको मिहेनतीमौरी हो, भुर्र उडेर यहाँ आउनु हुन्छ, मिहेनत गरी रस लिएर नेपालजानुहुन्छ, त्यसैले त नेपालमा बृद्ध आमाबाबाले फलफुलखान पाउनु भएको छ, बिरामीपर्दा उपचार गर्नपाउनु भएको छ, नानीहरुले राम्रा राम्रा नाना लगाएर बिद्यालय जान पाएकाछन् ।”
करिब तीन घण्टा चलेको अधिवेशनलाई सञ्जालका विदेश विभागप्रमुख रामु शाही ठकुरीले संचालन गरेका थिए ।